१६ चैत्र २०८० शुक्रबार
समाज

तनहुँमा पहिरोमा परी ६ को ज्यान गयो, ५ बेपत्ता

तनहुँको ऋषिङ गाउँपालिका ८ भैसीखिलीमा एकै परिवारका ५ जना बेपत्ता भएपछि खोजी गर्दै स्थानीय। तस्बिरःश्रीहरि

अविरल बर्षासंगै आएको पहिरोका कारण तनहुँमा ६ जनाको ज्यान गएको छ। पहिरोका कारण ५ जना बेपत्ता भएका छन् भने दुई जना घाईते भएका छन्।  

सोमबार बिहान गएको बाढीपहिरोका कारण ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए। ‘व्यास नगरपालिकामा ३ जना, म्याग्दे गाउँपालिकामा १ जना र ऋषिङ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ,’ उनले भने।  

व्यास नगरपालिका–९, माँझफाटमा केशर थापाको घरमा पहिरो जाँदा पुरिएर ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षिय अन्जना थापाको मृत्यु भएको एसपी पौडेलले बताए। सोही पहिरोमा परी १९ वर्षिय राजेश थापा बेपत्ता भएका छन भने घरधनी केशर थापा घाइते भएका छन्। खुट्टामाचोट लागेका उनलाई उपचारका लागि दमौली ल्याइदै गरेको तनहुँ प्रहरीले जनाएको छ।  

त्यसैगरी व्यास नगरपालिका–५ मा पहिरोमा परी ६० वर्षिय मैतीकुमारी थापाको मृत्यु भएको छ। म्याग्दे गाउँपालिकामा गएको पहिरोमा १७ वर्षिय लक्ष्मी वि.क र ऋषिङ गाउँपालिका – ८, भैसीखिलीमा आन बहादुर थापाको घरपहिरोमा पुरिदाँ उनको ३० वर्षीय छोरा भेष बहादुर थापाको मृत्यु भएको छ। सोही परिवारका अन्य ४ जना बेपत्ता र १ जना घाइते भएको छन्।  

बेपत्ता हुनेहरुमा वर्ष ३० को नानुमाया थापा, उनकी छोरी ५ वर्षिय अमिसा थापा, २२ को मानदेव थापा उनकी श्रीमती मनिसरा थापा रहेका छन्। घाइते ६० वर्षिय ज्योतीमाया थापाको पोखरामा उपचारभईरहेको छ। पहिरोमा बेपत्ता भएकाको स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको सहयोगमा खोजी कार्य भईरहेको छ। आइतबार बेलुकादेखी नै अबिरल परेको वर्षाका कारण तनहुँ भएर प्रवाहित हुने नदि तथा खोलामा पानीको वहाव समेत बढेको छ।  

 

 

प्रकाशित: २९ असार २०७७ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App