८ वैशाख २०८१ शनिबार
समाज

भेरीगंगामा चिस्यान केन्द्र बन्दै

तरकार र फलफूलका लागि सुर्खेतमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको छ। भेरीगंगा नगरपालिका–१०, झिलमिलेमा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो। यहाँ चिस्यान केन्द्र नहुँदा बीउका लागि आलु बाँकेमा पठाउनुपर्ने बाध्यता थियो। 

चिस्यान केन्द्र निर्माण भएपछि आलुको बीउका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ अपेक्षा गरिएको छ। चिस्यान केन्द्र दुई सय मेट्रिक टन क्षमताको भएको कृषि विकास निर्देशनालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले जानकारी दिए। उनका अनुसार जिल्लामा चिस्यान केन्द्र नहुँदा बर्सेनि १२ देखि १५ सय क्विन्टल आलु बाँकेमा पठाउनु पर्ने बाध्यता थियो। ‘विशेष गरी आलुको बीउका लागि आलु चिस्यान केन्द्रमा राखिन्छ,’ उनले भने, ‘योसँगै अन्य तरकारी र फलफूल पनि राख्न सकिन्छ।’

यो आर्थिक वर्षमा कृषि विकास निर्देशनालयको ७० लाख र नारी जागरण बहुउद्देश्यीय समूहको २९ लाख लगानी छ। गत वर्ष भेरीगंगा नगरपालिकाले ६५ लाख, साना तथा मझौला आयस्तर उपआयोजनाले ३९ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १५ लाख र गुर्भाकोट नगरपालिकाले पाँच लाख रूपैयाँ सहयोग गरेका थिए। अहिले चिस्यान केन्द्रको काम ९८ प्रतिशत सकिएको छ। यो सातामा बाँकी काम सकिने चिस्यान केन्द्र निर्माण उपभोक्ता समितिको अध्यक्ष ज्ञानु भुषालले जानकारी दिइन्।

गाउँमै चिस्यान केन्द्र निर्माण हुन लागेपछि यहाँका किसान खुसी भएका छन्। आलुको बीउका लागि भेरीगंगा–४ की किसान लक्ष्मीकुमारी पौडेलले बर्सेनि करिब ३० क्विन्टल आलु कोहलपुर पठाउँछिन्। ‘कोहलपुरमा लिँदा कहिलेकाहिँ ढुवानी समस्या हुन्छ,’ उनले भनिन्, ‘नजिकै चिस्यान केन्द्र भएपछि सहज हुने भयो।’ 

प्रकाशित: २९ असार २०७७ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App