coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागमती र लाल बकैया नदीमा बाढी कम भएपछि नदी कटान तीव्र

रौतहटको ब्रहम्पुरीस्थित बागमती नदीमा पानी कम भएर तटबन्ध नै कटान गर्न थालेपछि सशस्त्र प्रहरीले मर्मत सम्भार गर्दै । तस्बिर : मदन ठाकुर

बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीको सतह कम भएपछि दुवै नदीले कटान तीव्र पारेको छ । बागमती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरी लगायका स्थानमा कटान गरिरहेका छन् । नदीले उखु, धान लगायतका खेती योग्य जमिन कटान गरिरहेको स्थानीय तहका प्रमुखहले बताएका छन् । ब्रह्म्पुरीका स्थानीय समाज सेवी नविन सिंहका अनुसार बागमती नदीमा आएको बाढीको पानी घटेर खेतीयोग्य जमिन कटान गरेर करिब पचास मिटर तटबन्ध नै कटान गरेको बताए । स्थानीय राजदेवी नगरपालिकाको सहयोगमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा कटान भइरहेको तटबन्ध नियन्त्रणको काम भइरहेको बताए ।

बकैया नदीको अत्यन्तै सम्बेदनशिल मानिएका देवाही, करुनिया, जिगडवा बेलविछवा, वैरिया बलुवा, बन्जरहा कटानको समस्याबाट स्थानीयहरुलाई चिन्तीत बनाएको छ । गत बर्ष बकैया नदीमा आएको बमढीले तटबन्ध नै कटान गरी बसिस्तमा बढीको पानी प्रवेश गरेको थियो । उक्त स्थानलाई नदी नियन्त्रणको टालीलले मर्मत सम्भार गरेपनि यसपाली नदीमाअआएको बाढीको पानी कम भएपछि पानीको बेग द्रुत गतिमा बढेर तटबन्ध नजिक कटान तीव्र रुपमा भइरहेको छ ।  

बकैया नदीमा आएको बाढीले देवाही नजिक लाल बकैयाले तटबन्ध नजिक कटान गर्न थालेपछि सात वटा गाविस डुवानमा पर्ने खतरा उत्पन्न भएको स्थानीय बिनोद पटेलले बताए । देवही गोनाही नजिक बकैया नदीको तटबन्ध समयमा मर्मत भएन भने करुनिया, जिंगडवा वेलविछवा, भेलही, देवाही गोनाही, राजपुर तुलसी र मलहिनीया गाउ डुवानको उच्च जोखिममा रहेको पटेलको भनाइ छ । रौतहट जिल्लाको अभिसापको रुपमा रहेको वागमती र लाल बकैया नदीलाई दिर्घकालिन रुपमा समस्याहरु समाधान गर्न ठोस रुपमा गहन छलफल हुनु अति नै आवश्यक रहेको बताउदै राजदेवी नगरपालिकका मेयर धिरेन्द्र सिंहले पटक पटक मर्मत गर्दै जाँदा काम पनि गुणस्तरिय नहुने तथा सोको दिर्घकालिन समस्या समाधनको बाटो पहिचान गरेर स्थायीत्व हुने तर्फ विचार गर्नुपर्नेमा जोड दिए ।  

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नदी कटान रोक्न डेढ लाख बोरा, नाइलनको डोरीसहित सामग्रि तयारी अवस्थामा राखिएको बताए । ब्रह्मपुरीमा बागमती नदिले तटबन्ध कटान तीव्र बनाएपछि मर्मतबका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रजिअ घिमिरेले बताए ।  

भारतले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द
रौतहटमा दुई नदीको बाँध भत्किएर दर्जन बढी गाउँ डुबानमा परेका छन् । बाढीको पानीको निकास नहुँदा सीमा नाकामै जम्मा हुन थालेको छ । उता भारतीय पक्षले सीमा नाकामा ठूलो बाँध बनाएपछि सीमा नाकामै पानी जम्मा हुन थालेको देखिन्छ ।

भारतले मनोमानी ढंगबाट सीमा नाकामा बाँध बनाएपछि पानी फेरि बस्तीतर्फ फर्किएको छ । जसले त्यस क्षेत्रका अधिकांश गाउँ डुबानमा परेका छन् । भारतीय पक्षले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द भएको छ । पानीको निकास नहुँदा यहाँका जनता त्रसित देखिएका छन् ।

लाल बकैयादेखि बागमती नदीसम्म दशगाजापारि बैरगनिया, अशोगी, बलुवा, भकुरहर, मुसाचक, गुरेन्हवा, हिरापुर लगायतका भारतीय गाउँ जोगाउन भारतीय पक्षले बाँधलाई कृत्रिम तवरले बलियो बनाएपछि बाढी र बर्षाको पानी सदरमुकाम गौर, बन्जरहा, औरैया, लक्ष्मीपुर, वेलविछवा, ब्रहम्पुरी लगयताका सिमावर्ती नेपाली गाउमा जम्मा भएर बस्ती र खेतीयोग्य जमिन तहसनहस बनाएको छ ।

प्रकाशित: २८ असार २०७७ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App