१५ चैत्र २०८० बिहीबार
समाज

भानु जन्मस्थल उपेक्षामा

भानु जन्मस्थलमा निर्माण गरिएको रामायण घर । आदिकवि भानुभक्त आर्चायको भग्नावशेष रुपमा रहेको भानु शिखर कटेरी । भानु जन्मस्थल विकास समिति परिसरमा रहेको भानुको प्रतिमा । तस्बिर : श्रीहरि/नागरिक

राष्ट्रिय विभुति आदिकवि भानुभक्त आर्चायको जन्मस्थल चुँदिरम्घा ओझेलमा परेको छ । भानु जन्मस्थललाई साहित्यीक तिर्थस्थल बनाउने लक्ष्य लिएको भएपनि पुरा हुन सकेको छैन । नेपाली भाषिक आन्दोलनमा अतुलनिय योगदान पुर्‍याएका आर्चायको जन्मगाउँ विकासको पर्खाइमा छ । 

सधै झैँ यस वर्ष पनि आदिकवि भानभुक्त आर्चायको २०७ औँ भानु जयन्ती सोमबार कोभिड-१९ का बिच पनि रामायण वाचन लगायतका कार्यक्रम गरेर मनाइने भएपनि भानु जम्मस्थल स्थानीय सरकार मातहतमा राखिएपछि भानु क्षेत्रको विकासमा पछाडी पर्ने होकी भन्ने स्थानीयमा चिन्ता थपिएको छ ।  

साहित्यिक धरोहर आर्चायको घर जलेर ध्वस्त भएको डेड दशक पुग्दासमेत पुनर्निर्माण हुन सकेको छैन । जसले गर्दा भानु जन्मस्थल अवलोकनको लागि स्वेदश तथा विदेशदेखि अवलोकनका लागि आएका पर्यटकहरु चिन्तित हुने गरेका छन् ।  

भानुभक्तको घर निर्माणको जिम्मा पश्चिमाञ्चल विकास मञ्चले लिएपनि हालसम्म भानु गृह पुनर्निर्माणको काम सुरु गर्न सकेको छैन । भानु गृह निर्माणको लागि पश्चिमाञ्चल विकास मञ्च तयारी अवस्थामा रहेपनि भानुजन्मस्थलमा पुग्ने सडकको प्रवन्ध राम्रो नहुनु, पानीको अभाव र सुरक्षाका कारणले भानु गृह निर्माणमा ढिलाई भएको मञ्चका संस्थापक अध्यक्ष रामकाजी कोनेले बताए । ‘ति समस्या समाधान हुने वित्तिकै हामी निर्माणको कामलाई तत्काल सुरु गछौँ,’ उनले भने । हामीले संरचना बनाउने तर त्यसको सहि उपयोग हुदैनकी भन्ने हामीलाई चिन्ता भयो संरचना बनाएर त्यसको संरक्षण हुदैन की भन्ने चिन्ता लागेको कोनेले बताए ।

भानु शिखर कटेरी गुरुयोजना अन्र्तगत रामायण घर, भानु स्मृती पार्क र भानु ग्राम निर्माण गर्ने भनेर ११ रोपनी जग्गा खरिद गरिएको थियो । गुरुयोजना अन्र्तगत रामायण भवन, भानु गृह, अतिथी गृह लगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । गुरुयोजना निर्माण गरेको ८ वर्षमा रामायण घरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने अन्य संरचना भने निमार्ण हन सकेको छैन । पश्चिमाञ्चल विकास मञ्चका संस्थापक अध्यक्ष कोनेले एक करोड १४ लाखको लागतमा भानु गृह निर्माण गरिने बताए । ‘भानु गृह निर्माणको जिम्मा हामिले लिएका हौँ,’ उनले भने, ‘भानु गृह निर्माणको लागि निजी क्षेत्रका उद्योगी एवं व्यावसायीसंग सहयोग संकलन गरि निर्माण गर्न लागिएको हो ।’

रामायण घर निर्माणकोे लागि २ करोड ६५ लाख बजेट आएको र त्यस अनुसार निर्माणको काम अन्तिम चरणमा पुगेको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी अधिकृत शंकर रानाभाटले बताए । ‘यस क्षेत्रलाई नेपाल सरकारले हेर्ने दुष्टिकोण पुर्ण छैन, पर्याप्त बजेट समेत आउदैन सरकारले यस क्षेत्रको महत्व बुझेर बजेट विनियोजनमा कञ्जुस्याई गर्नु हुदैन,’ उनले भने । राज्यले केन्द्र सरकार मातहत राखेर भानु क्षेत्रको संरक्षण गर्नुको सट्टामा यसलाई भंग गरिनु दुःखद् भएको उनको भनाई छ ।  

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेर ध्वस्त भएको १४ वर्ष बितिसक्दा पनि पूर्न निर्माण हुन नसकेको भन्दै स्थानीय एवं आदिकवी भानुभक्त आर्चायको सुभेच्छुकहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् । जलेको घर देख्दा आदिकविको जन्मघर हेर्ने उत्कृष्ट चाहाना राखेर भानु–४ चुँदीरम्घा पुग्ने साहित्यिक मनहरुको मनै भारी हुने गरेको गण्डकी बाङमय प्रतिष्ठानका अध्यक्ष सागर उदासको भनाई छ ।  

भानु–४ का स्थानीय एवं भानुभक्तका पुस्ता सीताप्रसाद आर्चायका अनुसार जन्मस्थलमा राजनीतिकरणका कारण विकास भएका छैन । भानु जन्मस्थल निर्माणकोे जिम्मा लिएको संघ संस्थाले भानुको जन्मघर चाडै निर्माण गर्न आर्चायको आग्रह छ ।  

वि.सं. २०५५ सालमा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले भानुको घरको पुनर्निमार्ण गरेको थियो । २०६० वैशाखमा जङ्गलमा लागेको आगो फैलिँदा पुनर्निर्माण गरिएको भानुको घर जलेर पुर्ण रुपले ध्वस्त बनेको थियो । हाल भानुको घर नजिक बस्ती नभएकाले जङ्गलले घेरिएको छ ।  

भानु जयन्तीमा वर्षेनी चुँदी रम्घा बेसीमा रामायणवचन, कविता वचन प्रतियोगिता तथा विभिन्न कार्यक्रम आयोजना गरिदैँ आएको छ । तर यस वर्ष कोभिड-१९ का कारण सामान्य रामयण बाचन बाहेकका कार्यक्रम नगरिने भानु नगरपालिकाले जनाएको छ । भानु जन्मस्थल चुँदी रम्घामा उनको जन्मजयन्तको समयमा मात्रै कार्यक्रम हुँदै आएका छन् । जसले गर्दा भानु जयन्तीमा पनि भानु जन्मघर चुँदी भने जन्मयन्तीमा सुनसान बन्ने गर्दछ । भानु शिखर कोटेरी गुरुयोजना समयमा सम्पन्न गरी चुँदी रम्घालाई साहित्यक पर्यटकीय केन्द्र बनाउन आवश्यक रहेको चुँदीका स्थानीय लक्ष्मी आर्चायले बताए । ‘चुँदी रम्घालाई सरकारले उपेक्षा गर्‍यो यसलाई केन्द्र सरकार मातहत नै राखेर विकास गरिनुपर्छ,’ उनले भने ।  

भानु–४ का स्थानीय हृदयनाथ आर्चायले सरकारले भानु जन्मस्थल विकास समितिलाई जुन हिसावले विकास गर्नुपर्ने हो त्यो अनुशार काम नभएको बताए । ‘तत्कालिन समयमा समेत नेपाली भाषीक आन्दोलनमा योगदान दिने भानुभक्तको सम्मान हुनुपर्छ,’ उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागमा रहेर काम गरिरहेको भानु जन्मस्थल विकास समिति हाल स्थानीय तहमा राखिएको छ । स्थानीय तहमा भानु जन्मस्थललाई राखिदा भानुभक्तको उपेक्षा हुने स्थानीयहरुको तर्क छ ।  

राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त राष्ट्रिय विभुतिलाई केन्द्र सरकार मातहतमै राख्नुपर्ने भनेर आफूहरुले भन्दै आएको र यसलाई केन्द्र सरकारले सुन्नुपर्ने भानु नगरपालिकाका उपप्रमुख आशा थापाले जानकारी दिईन् ।

प्रकाशित: २८ असार २०७७ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App