८ वैशाख २०८१ शनिबार
समाज

गाईघाट डुवान, पहाडी सडक अवरुद्ध

खोलाले बगाएर बृद्धको मृत्यु

केहीदिनयताको निरन्तर वर्षाका कारण आएको बाढीले बगाएर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ। दुईदिनयता लगातार भईरहेको वर्षापछि त्रियुगा नदीमा आएको बाढीले बगाउँदा त्रियुगा नगरपालिका ९ गहिरुनका ६० वर्षीय मानन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।  

त्रियुगा नगरपालिका ५ देउरीस्थित नदीले बगाएर मृत्यु भएको चौधरीको लास शनिबार साँझ ५ः३० बजे स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए। नदी तर्ने क्रममा उनलाई बगाएर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।  

मान्छे बगाएर मृत्यु भएको खवर आएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटेको निरीक्षक कमाण्डको टोलीले लासको सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए। चौधरीको लास पोष्टमार्टम गरी आईतबार आफन्तको जिम्मा दिने तयारी भईरहेको डिएसपी पुरीले बताएका छन्।  

३ दिनयताको निरन्तर वर्षाले सदरमुकाम गाईघाट बजार पुरै डुवानमा पारेको छ। बजारमा निर्माणाधीन मदन भण्डारी लोकमार्गको चौडा सडकको नाला उचाईमा बनेकाले बजारक्षेत्र होचो हुन गई जताततै डुबानमा परेको छ। पुरानो बजार भएकाले पहिले पहिले बनेका सडक र घरहरु होचो हुनाले पानी जमेर घर टहरा डुबानमा परेका हुन्। पछिल्लो समय बनेका नालाहरु सडकभन्दा उचाईका हुनाले पनि डुबान हुन थप मद्धत पुगेको छ।  उता वर्षाका कारण पहाडी भेग चल्ने सबैजसो सडक अबरुद्ध हुन पुगेका छन्। लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालनमा नरहे पनि नीजि गाडी तथा खाद्यान्न र दैनिक उपभोग्य सामान बोक्ने मालबाहक गाडीहरु पहिरो र हिलोका कारण चल्न नसकेको व्यवसायीहरु बताउँछन्।  

वर्षा निरन्तर भईरहेका कारण पहाडी भेगका बिभिन्न ठाउँमा पहिरो गएर सडकमा दर्जनौं ठाउँ क्षति गरेको छ भने पहिरोले बालीनालीमा पनि क्षति गरेको स्थानीयले बताएका छन्।

प्रकाशित: २८ असार २०७७ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App