६ वैशाख २०८१ बिहीबार
समाज

अतिक्रमण हटाउन एक हप्ताको सयमसीमा

कपिलवस्तुमा अवरुद्ध बनेको हुलाकी सडक निर्माणमा तीव्रता दिन सदरमुकाम तौलिहवामा सडक अतिक्रमण गरी बसेकाहरूलाई अतिक्रमण हटाउन एक साताको सयमसीमा तोकिएको छ। हुलाकी सडक आयोजनाको आग्रहमा कपिलवस्तु नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै हुलाकी सडकको काम अघि बढाउन साउन २ गतेभित्र अतिक्रमण  हटाउन सयमसीमा दिइएको हो। साउन २ गतेबाट सडक निर्माण हुन लागेको भन्दै सडकको दायाँ र बायाँ१५÷१५  मिटरभित्र पर्ने संरचना हटाउन पत्र, माइकिङ  एमएमबाट सूचना जारी गरिएको हो।  

तौलिहवाको जमुहरा टोल हुँदै प्रशासन चोक– नयाटोल–गाढी हँुदै भवानी भिक्षु चोेकसम्म संरचना हटाउन सूचना जारी गरिएको छ। कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गत असार २५ गते प्रशासन कार्यालयमा भएको सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा हुलाकी सडक आयोजनाको आग्रहअनुसार अतिक्रमण हटाउन सूचना जारी गरिएको बताए। हुलाकी सडक आयोजनाका जिल्ला प्रमुख ईश्वर बहादुर रिजाललेसर्वपक्षीय निाणर््का आधारमा अतिक्रमण हटाई कामको सुरुवातकालागि सूचना जारी गरिएको बताए।  

गत कात्तिक २९ गते नै कामको सम्झौता भए पनि अतिक्रमण नहट्दा निर्माण कार्र्य सुरु नै हुन सकेको छैन। ‘कपिलवस्तुको सदरमुकाम तौलिहवाबाटै कामको सुरुवात गर्न अतिक्रमण खाली गर्न समयसीमा दिइएकोे हो,’ हुलाकी आयोजना प्रमुख रिजालले भने। अतिक्रमण नहटाइदा अझैसम्म काम नै सुरु हुन सकेको छैन। सडक ऐन २०३१ अनुसार अतिक्रमण नहटाइए कारबाही गर्नुका साथै भत्काउनका लागि लाग्ने ज्यालासमेत सम्बन्धित पक्षबाटै असुल गरिने जनाइएको छ।  

हुलाकी सडक अन्तर्गत तौलिहवाको जमुहारदेखि छोटकी तौलिहवासम्मको बजार क्षेत्रमा २३ सय ४० मिटरसम्म २ लेनको सडक निर्माण गर्ने कार्य योजना छ। सडकको बिचमा गार्डेन, दाया बाया नाली, फुटपाथसमेत बनाउने योजनामा छ।

प्रकाशित: २८ असार २०७७ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App