२४ श्रावण २०७७ शनिबार
समाज

जाजरकोट पहिरो वितण्डा : थप दुईको शव भेटियो

लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४, सार्की गाउँमा आएको पहिरोमा बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ । पहिरोमा पुरिएको अवस्थामा ३८ वर्षीय कलु र उनका ६ वर्षीय छोरा सुभाष सार्कीको शव फेला परेको हो ।

बिहीबार राति गोपाल सार्की र कलु सार्कीका घर पहिरोले बगाएको थियो । पहिरोमा पुरिएका सातजनाको शव शुक्रबार भेटिएको थियो । उक्त पहिरोमा परेका तीनजना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । करिब पाँच सय मिटरमाथिबाटो आएको पहिरोले गाउँमा थप क्षति हुन नदिन आठ घरका २५ जनालाई विद्यालयमा सारिएको छ । साथै बारेकोट–६ धुममा आएको खहरे खोला बगाउँदा दुईजना बेपत्ता भएका छन् । 

खोला तर्ने क्रममा २० वर्षीय शिव चलाउने र १२ वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार जुनीचाँदे–१, सानुखोला तर्ने क्रममा एकजना वेपत्ता भएका छन् । बेपत्ता ६ जनाकै खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित: २७ असार २०७७ १९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App