७ वैशाख २०८१ शुक्रबार
समाज

आठ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

पहिरो गएको ८ घण्टापछि कर्णाली राजमार्ग खुलेको छ । विहान साढे ७ बजे कर्णाली राजमार्गको जुम्ला खण्डको रारा डुण्डेलीमा झण्डै २० मिटर सडक पहिरोका कारण पुरिएको थियो । सडक पहिरोले पुरिएपछि दर्जन बढि सवारी साधन रोकिएका थिए । अस्पताल पुर्‍याउनु पर्ने बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिनु परेको थियो ।

जिल्ला प्रशासन कार्यालय, रारालिही प्रहरी चौकी, स्थानीय, जनप्रतिनिधि र सडक डिभिजन कार्यालयको पहलमा पहिरो पन्छिएको रारालिही प्रहरी चौकी इन्चार्ज कृष्णबहादुर खड्काले जानकारी दिए । पहिरो गएको तीन घण्टासम्म मान्छेहरुले नै पहिरो पन्छाउने काम गरेका थिए । त्यसपछि सडक डिभिजन कार्यालयको जेसिभी आएर पहिरो पन्छाइएको थियो ।

पहिरोले सडक भाँस्सिएको थियो । पहिलो हटाएपछि सहजै रुपमा सवारी साधन ओहोरदोहोर भइरहेका छन् । अबिरल बर्षासंगै पहिरो जानथालेपछि सडक कार्यालयले जेसिभी तयारी अवस्थामा राख्नु पर्ने स्थानीय बताउँछन् । पहिरो पन्छाउन ८ घण्टा लागेको थियो । कर्णाली राजमार्गमा पहिरो जान सक्ने संभावित स्थानको पहिचान गरेर स्रोतसाधनको जोहो गरिराख्नु पर्नेमा कर्णालीबासीले जोड दिएका छन् ।

शुक्रबारदेखि सानोसानो पहिरो खस्न थालेकोमा शनिबार ठूलो पहिरो झरेको थियो । समयमै जेसिभी ल्याउन नसक्दा पहिरो हटाउन सकिएको थिएन । प्रहरीचौकी इन्चार्ज खड्का भन्छन्,‘जेसिभी आउन वित्तिकै पहिरो पन्छाउन समय लागेन ।’

प्रकाशित: २७ असार २०७७ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App