१६ चैत्र २०८० शुक्रबार
समाज

माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको मृत्यु

सप्तरीमा दुई समूहबीच माछाको विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृतक सप्तरी डाक्वरी नगरपालिका ७ ब्रहमपुरका ५० वर्षिया मानशेरदेवी मण्डल हुन ।

गाउँकै रामप्रसाद साहको पोखरीमा माछा मार्ने विषयमा दुई समूहबीचको विवाद उग्र रुप लिएपछि झडप भएको थियो । झडपमा ३५ वर्षिया सीतादेवी मण्डल घाइते भएकि छिन् । टाउँकोमा चोट लागि घाइते उनको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

मानशेरदेवीलाई बासको चिरपटले कुटेर हत्या गरिएको प्रहरीले जनाएको छ । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय कारी साह, १५ वर्षीय सुनीलकुमार साह, २२ वर्षीय धनबीर साह, ३६ वर्षीय वीरेन्द्र साह र ५० वर्षीय रामप्रसाद साह(पोखरी साहु) लाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको सप्तरी प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईँले बताए ।

प्रकाशित: २७ असार २०७७ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App