coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ऐतिहासिक अशोक स्तम्भको अस्तित्व संकटमा

कपिलवस्तु नगरपालिका–५ गोटीहवामा स्थित पानीमा डुबेको अशोक स्तम्भ ।

क्रकुछन्दका जन्मेको प्रमाण स्वरुप सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ पानीमा डुबेको छ । कपिलवस्तु नगरपालिका–५ गोटीहवा गाउँमा रहेको स्तम्भको आधा जति भाग पानीमा डुबेको हो । खुला स्थामा रहेको स्मम्भ पानीले समेत डुब्दा यसको अस्तित्व संकटमा पर्दै गएको छ । अशोकले खडा गरेका स्तम्भ मध्ये यो महत्वपुर्ण हो । एक महिनादेखि स्तम्भको आधा भाग पानीमा डुेबेको हो । स्तम्भ भएको ठाउँमा खाल्टो रहेकोले पानी जमेर स्तम्भ ३ फिट जति डुब्ने गर्दै आएको छ । पानी बढी पर्दा स्तम्भ ५ फिट जति डुब्ने गरेको छ ।  

स्तम्भ एक दशकबाटै डुब्दै आएपनि सरोकारवाला निकायको खासै ध्यान जान सकेको छैन । स्तम्भ करिब १० फिट ८ ईन्च लामो छ । सामान्य बर्षा हुँदा पनि स्तम्भ पानीमा डुब्ने गरको गोटीवाका स्थानीय बताउँछन् । बलौटे ढुंगाले बनेको स्तम्भ पानीमा डुब्दा सिपेज भई साल्ट एक्सन हुँदा क्षयीकरण हुने पुरातत्वविद्हरु बताउँछन् । स्तम्भ खाल्टोमा रहेकोले सामान्य बर्षा हुँदा डुब्ने गरेको वडा अध्यक्ष दीरेप चौधरीले बताए । पुरातत्वविद् बसन्त बिडारीले स्तम्भ पानीमा डुब्दा त्यसलाई क्षति पुग्ने बताउँछन् । ‘पानीमा डुब्दा क्यापिलरी एक्सन हुन्छ’ वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले भने, ‘त्यसले ढुँगालाई असर पुर्‍याउछ ढुँगाले पानी सोस्छ ’ उनले भने, ‘ स्तम्भ कमजोर बनाउदै लगेको छ, टुट्ने फुट्ने सम्भावना बढ्छ । 

तर संरक्षणमा ध्यान नदिँदा कमजोर बन्दै गएको छ । संरक्षण र विकासको जिम्मेवार निकाय लुम्बिनी विकास कोष भने यस तर्फ कुनै ध्यान नदिएको स्थानीय रामराज चौधरीले बताए । ‘जमिनको सतह भन्दा स्तम्भ तल छ’ लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, ‘पानी पर्ना साथ डुब्छ ।’

५ वर्षअघि तलतिरको ६ फिट बढी भाग मात्र संरक्षण गरिएको थियो । स्तम्भलाई जियोटेक्सटाईल कपडाले बेरे बालुवाले खाली च्याम्बरलाई पुरेर स्तम्भ संरक्षण गरिएको पुरातत्वब अधिकृत उप्रतीले बताए । माथिको भाग खुला छ । टहरा नहुँदा हावापानी घाम लिँदै बसेको छ । धुवाधुलोको प्रदुषणले कमजोर बनाउदै लगेको छ । ‘तलको भाग त्यसै पनि असुरक्षित थियो’ स्थानीय रामेन्द्र चौधरीले भने, ‘माथिको भागलाई सक्दो छिटो संरक्षण गर्नु पर्छ, नभए मक्किएर जीर्ण भई ढल्छ ।’ सिंगों बौद्ध ईतिहासको प्रमणलाई संरक्षण गर्न नसक्नु दुःख कुरा हो’ उनले भने । बर्षाका बेला स्तम्भ २/३ महिना डुब्ने गर्छ । १/२ दिन बर्षा हुना साथ डुब्न थाल्छ । जमिनको सतहसंग बराबर रहेकाले स्तम्भ डुब्ने गर्छ । पुरातत्व विभागसंग समन्वय गरेर संरक्षणको योजना बनाईरहेको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले बताए ।  

गोटिहवा निक्कै महत्वपुर्ण स्थल हो । भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटन गर्न आउदा यहाँ आएका थिए । चिनोका रुपमा स्तम्भ बनाए । गोटिहवा भगवान बुद्ध भन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो । ‘त्यही भएर यस्तो महत्वपुर्ण स्थलको सम्राटले भ्रमण गरे’ बयोबृद्ध बुद्धमार्गी तेज कुमार बौद्धाचार्यले  भने, ‘स्मरण गर्न चिनो राखे ।’ तर त्यही चिनोलाई हामी संरक्षण गर्न नसक्नु दुःखत कुरा हो उनले भने । १ हजार ७ सय ७० वर्षअघि गोटिहवा अस्तित्वमा थियो वरिष्ठ पुरातत्वविद् विडारीले भने त्यत्तीखेर त्यहा स्तम्भ बनाईयो । तर अहिले विजोग छ । 

सम्राट अशोकको राज्याभिषेकको २० औं वर्षमा उक्त स्तम्भ बनाईएको थियो । ‘अशोकले महत्वपुर्ण स्थल भएकाले नै यहाँ बनाएका हुन्,’ उनले भने ‘ठाउँको अन्तरराष्ट्रिय महत्व स्थापित छ तर त्यसलाई हामीले बुझ्न सकेका छैनौ ।’ अशोकले लुम्बिनी, निगालीकोट र गोटीहवामा स्तम्भ निर्माण गरेका थिए । भारतकाले बिवाद खडा गरेका बेला अशोक स्तम्भले प्राचिन कपिलवस्तुको तिलौरोटको एतिहासिकता पुष्टी गर्न स्तम्भ महत्वपुर्ण प्रमाण रहेको पुरातत्वविद बताउँछन् ।

प्रकाशित: २७ असार २०७७ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App