coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सार्वजनिक कार्यक्रममा सहभागी हुन शुल्क !

प्रतिव्यक्ति दुई सय रुपैयाँं प्रवेश शुल्क उठाएर शनिबार भक्तपुरको मध्यपुर थिमिमा एउटा पोखरीको उद्घाटन कार्यक्रम गरिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ४ स्थित ऐतिहासिक निगुः पुखु (दुईपोखरी) को उद्घाटन तथा साँस्कृतिक कार्यक्रम कार्यक्रममा सहभागी हुने व्यक्तिहरुसँंग प्रति व्यक्ति दुई सय शुल्क उठाएर गरिएको हो ।

पोखरीको नामबाट नै परिचित दुईवटा पोखरी भएको दुई पोखरीस्थित दुई पोखरीहरुमध्ये एक वटा पोखरीको पुनर्निर्माण सम्पन्न भएको हो । सँंगै रहेको उही आकारको ठूलो पोखरीको पुनर्निर्माणको काम भने जारी छ । मध्यपुर थिमि नगरपालिकाको बजेटबाट निगुः पुखु पुनर्निर्माण गुरुयोजना कार्यान्वयन उपभोक्ता समितिमार्फत एउटा पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको हो ।

सार्वजनिक कार्यक्रममा सहभागी हुनेहरुमध्ये पोखरीभित्रै पुगेर कार्यक्रममा सहभागी हुने व्यक्तिहरुसँं शुल्क उठाइएको हो । कार्यक्रम आयोजकहरुका अनुसार कार्यक्रममा सहभागी हुने दुई सय विशिष्ठ व्यक्तित्वहरुलाई पहिला नै निमन्त्रणा कार्ड वितरण गरिएको थियो । निमन्त्रणा कार्डमै कार्यक्रममा सहभागी हुन दुई सय रुपैयाँंसहित कार्ड ल्याउन सूचित गरिएको थियो । यसबाहेक पनि कार्ड नभएकाहरुलाई पनि दुई सय रुपैयाँं प्रवेश शुल्क तिरेर पोखरी उद्घाटन कार्यक्रमका लागि पोखरीभित्र जान पाइने व्यवस्था यहाँं मिलाइएको थियो । यसको लागि पोखरीको मुख्य गेटमा टिकट काट्नेहरु खटिएका थिए ।  

कार्यक्रममा सहभागी हुन पोखरीभित्रै प्रवेश नगर्नेहरुले भने शुल्क तिर्नुपर्ने थिएन । उनीहरुले पोखरीकै छेउछाउ बसेर निःशुल्क रुपमा उभिएर कार्यक्रम हेर्न सकिने व्यवस्था थियो । कार्यक्रमस्थल पोखरीभित्र धेरै व्यक्ति प्रवेश होला भनेर शुल्क उठाइएको जनाइएको छ ।  

निगुः पुखु पुनर्निर्माण गुरुयोजना कार्यान्वयन उपभोक्ता समितिकी सचिव सरु श्रेष्ठले प्रवेश शुल्कबाट उठेको रकमबाट एउटा कोष बनाउने र त्यो पोखरीकै लागि प्रयोग गरिने जानकारी गराइन् । कार्यक्रममा सहभागी हुन दुई सय जना विशिष्ट व्यक्तित्वहरुलाई दुई सय रुपैयाँं प्रवेश शुल्कसहित कार्यक्रममा सहभागी हुन निमन्त्रणा कार्ड वितरण गरिएको उनले जनाइन् । कार्यक्रममा साँंस्कृतिक कार्यक्रममा सहभागी हुने कलाकारहरु, पोखरी पुनर्निर्माण उपभोाक्ता समितिका पदाधिकारीहरु र कार्यक्रमका स्वयमसेवकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जनाइन् ।  

सार्वजनिक कार्यक्रममै शुल्क लगाएर प्रवेश गराइएको भन्दै एकथरी नगरबासीहरुले विरोध जनाएका थिए । कोरोनाको महामारीमा पनि ठूलो संख्यामा मानिस भेला गराई सार्वजनिक कार्यक्रम गरिएको भन्दै कार्यक्रमस्थलमै विरोध भएको थियो । यसपछि सामाजिक दूरी कायम गर्ने भन्दै आयोजकहरुले असफल प्रयास गरेका थिए । पोखरीको उद्घाटन मेयर मदनसुन्दर श्रेष्ठले गरेका थिए ।

प्रकाशित: २७ असार २०७७ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App