८ वैशाख २०८१ शनिबार
समाज

अवरुद्ध हुलाकी सडक निर्माणको काम सुरु गर्न नगरपालिकाको निर्देशन

अवरुद्ध हुलाकी सडक निर्माणमा तीव्रता दिन सदरमुकाम तौलिहवाको सडक अतिक्रमण हटाउन निर्देशन दिईएको छ। हुलाकी सडक आयोजनाको आग्रहमा कपिलस्तु नगरपालिकाले सुचना जारी गर्दै सडकको कामलाई अघि बढाउन साउन २ गते भित्र हटाउन निर्देशन दिईएको हो ।  

साउन २ गतेबाट सडक निर्माण कार्य सुरु हुन लागेको भन्दै सडकको दाया र बाया पन्द्र मिटर भित्र पर्ने संरचना हटाउन पत्र, माईकिङ गर्र्दै नगरपालिकाले सुचना जारी गरेको हो ।  तौलिहवाको जमुहरा टोल हुँदै प्रशासन चोकबाट भवानी भिक्षु चोेकसम्मको संरचना हटाउन सुचना जारी गरिएको छ।  

कपिलस्तु नगरपालिकाका मेयर किरण सिंहका अनुसार गत असार २५ गते प्रशासन कार्यालयमा भएको सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा हुलाकी सडक आयोजनाको अतिक्रमण हटाउन सुचना जारी गरिए हो। हुलाकी सडक आयोजनाका जिल्ला प्रमुख ईश्वर बहादुर रिजालले सर्वपक्षीय निर्माणका आधारमा अतिक्रमण हटाई काम सुरु गर्न सुचना जारी गरिएको बताए। गत कार्तिक २९ गते नै कामको संझौता भए पनि अतिक्रमण नहट्दा निर्माण कार्र्य सुरु नै हुन सकेको छैन । ‘ कपिलवस्तको सदरमुकाम तौलिहवाबाटै कामको सुरुवात गर्न अतिक्रमण खाली गर्न समय सिमा दिइएकोे हो,’ हुलाकी आयोजना प्रमुख रिजालले भने ।

 अतिक्रमण नहटाइए  सडक ऐन २०३१ अनुसार कारबाही गर्नुका साथै भत्काउन लाग्ने ज्याला समेत सम्बन्धी पक्षबाटै असुल गरिने जनाईएको छ। हुलाकी सडक अन्र्तगत तौलिहवाको जमुहार देखि छोटकी तौलिहवा सम्मको बजार क्षेत्रमा २३ सय ४० मिटर सम्म २ लेनको सडक निर्माण गर्ने कार्य योजना छ। सडकको बिचमा गार्डेन, दाया बाया नाली, फुटपाथ समेत बनाउने योजना छ । प्रजिअ दीर्घ नारायण पौडेलले बर्षौको प्रतिक्ष पछि निर्माण हुन लागेको हुलाकी सडक  अवरुद्ध गर्न नहुने बताए। हुलाकी सडक अन्र्तगत सबै भन्दा बढी  सदरमुकाम तौलिहवामा अतिक्रमण भएको छ। जमुृहारको नहर देखि  छोटकी तौलिहवामा सम्मको २३ सय ४० मिटरमा सबै भन्दा बढी अतिक्रमण भएको हुलाकी आयोजना प्रमुख ईश्वर बहादुर रिजालले बताए। यो क्षेत्र सदरमुकाम तौलिहपा भित्र पर्ने र यही क्षेत्रमा अतिक्रमण खाली गराउन सबै भन्दा बढी चुनौती रहेको उनले बताए।  

सडक छेउ खाली नगराई ठेकेदार कम्पनीले काम गर्न  नसक्ने जनाएको छ। यस अघि २०७२ सालमा प्रशासनले तौलिहवा सडकमा अतिक्रण गरी बनाईएका संरचनाहरुको संख्या समेत यकिन गरी अतिक्रमण  हटाउन ठुलो प्रयास गरेको थियो। तर राजनितिक दलले साथ नदिँदा काम रोकिएको थियो। त्यस बेला प्रशासनले ५ सय ८३ वटा घर टहरा भत्काउनु पर्ने प्रतिवेदन बनाएको थियो । तर दलको साथ नहुँदा अहिले सम्म सो काम  अघि बढन सकेको छैन्। 

तौहिलवा– राजपुर सडक, राजपुर– बहादुरगंंज दत्तपुर सडक, दत्तपुर– तुरन्तपुर, खरेन्द्रपुर– शितलापुर– भिल्मी तथा जितपुर– तौहिलवा सडकको निर्माण हुने भएको छ। हुलाकी सडक अन्तर्गत ५ सडक खन्ड तथा चार वटा पुल निर्माणकालागि कुल ३ अर्व ४६ करोड २ लाखका संझौता भईसकेको छ । सबै काम २०७९ पुस भित्र संपन्न गर्नु समयावधि तोकिएको छ ।

प्रकाशित: २७ असार २०७७ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App