२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

नेता र विद्यार्थीको विरोधपछि बरामद २७ इलेक्ट्रिक स्कुटर केही घन्टामै फिर्ता

भारतबाट अवैधानिकरुपमा भित्र्याइएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाइएका २७ इलेक्ट्रिक स्कुटर नेता र विद्यार्थीको विरोधपछि केही घन्टा मै  छाडिएको छ ।  

भारतबाट अवैधानिकरुपमा खरिद गरी भित्राइएका ती स्कुटर बिना ईजाजत  कागजात र नम्बर प्लेटको चलाइएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । लगत्तै ती स्कुटर सुैठाली भन्सार चलान गरिएपछि कपिलवस्तुका नेता र विद्यार्थीहरुले विरोध जनाएका थिए । भन्सार कार्यालयमा विरोध प्रर्दशन सुरु भएपछि प्रहरीले आफनो निर्णय उल्टाउँदै स्कुटर सम्बन्धित मानिसलाई नै बुझाएको छ ।  

प्रहरी निरिक्षक दिपक कुवरले पक्राउ गरी भन्सार चलान गरिएको स्कुटर भन्सारले बुझन नमानेको दाबी गरे । उनले एक पटकलाई सम्झाई बुझाई स्कुटर सम्बन्धित ब्यक्तिलाई नै फिर्ता गरिएको बताए । विरोध प्रर्दशनमा प्रदेश सदस्य सुधाकर पाण्डेय कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल युवा नेता अनुप कुमार पाण्डेय, दिनेश पाण्डय कपिलवस्त बहुमुखी क्यापसमा स्वबियु सभापति संदीप पाण्डेय लगायतको सहभागी थिए । स्वबियु सभापति यादवले प्रहरीले गरको सो कार्य अब्यवहारिक रहेको बताए ।  

प्रकाशित: २३ मंसिर २०८२ १९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App