coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेती नदीको बाढीले ४३ घरमा जोखिम, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

शुक्लागण्डकी नगरपालिकाको पुल्चोकमा सेती नदीमा आएको बाढी । तस्बिर : नागरिक

बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले शुक्लागण्डकी नगरपालिकाका ४३ घरपरिवार जोखिममा परेका छन् । गएरातिदेखि परेको अविरल बर्षाले तनहुँको शुक्लागण्डकी  वडा नम्बर ४ र ८ मा पर्ने पुल्चोकमा रहेको बस्ती डुबानमा परेको हो । बाढी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका दुईवटा वडाका स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले जानकारी दिए ।  

लगातारको बर्षाले सेती नदी बढेपछि सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४३ घर डुबानको जोखिमका परेको ईलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख जगदिश रेग्मीले जानकरी दिए । शुक्लागण्डकी ८ का १४ मध्ये अधिकांश घरमा पानी पसेको र वडा नम्बर ४ को २९ घरमध्ये ५ घरमा पानी पसेको ईलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख रेग्मीको भनाई छ । ‘शुल्लागण्डकी–८ का १४ परिवारका ६० जना र शुक्लागण्डकी–४ का एक सय ५३ जनासहित दुई सय १३ जनालाई तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,’ उनले भने । 

केही घरमा डुबानमा परेको र केही घरमा पानी पस्ने सम्भावना बढेपछि दुई सय १३ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी निरीक्षक रेग्मीले बताए । बाढीले जनधनको क्षति भने नभएको प्रहरी निरीक्षक रेग्मीको भनाई छ । ‘समयमै स्थानीयको उद्वार गरियो जनधनको क्षति भने हुन पाएन्,’ उनले भने ।

स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाएर राखिएको शुक्लागण्डकी ८ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीको भनाई छ । ‘जोखिममा रहेका परिवारका व्यक्तिहरुलाई उद्वार गरी उनीहरुलाई हाललाई स्थानीय समाज भवनमा व्यवस्थापन गरिएका छ,’ उनले भने ।  

दुवै वडाको यो क्षेत्र पुर्जा नभएको जमिन रहेको र धेरै वर्षअगाडिदेखि नै जोखिमयुक्त ठाउँ घोषणा गरिएको नगरप्रमुख गुरुङको भनाई छ । जोखिमयुक्त क्षेत्र भनिए पनि स्थानीय बसोबास गर्दै आएको र बर्सेनि बाढी आएपछि जोखिम बढ्ने र सुरक्षित स्थानमा सानुपर्ने समस्या रहेको नगरप्रमुख गुरुङले बताए ।

प्रकाशित: २६ असार २०७७ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App