८ वैशाख २०८१ शनिबार
समाज

मास्क प्रयोग गराउन प्रहरीको र्‍याली

मास्क प्रयोग गर्न अनुरोध गर्दै निस्किएको प्रहरीको र्‍याली ।

सरकारले जारि गरेको नियम बिपरित स्थानीयहरु मास्क नलगाएर सामाजिक दूरी समेत ख्याल नगर्दै बाहिर निस्कन थालेपछि रोल्पा प्रहरीले सकृयता बढाएको छ । कोरोना भाइरसको त्रासले विश्व नै तर्सिरहेको समयमा पछिल्लो समय रोल्पाका मुख्य बजारहरुमा स्थानीयहरुले मास्कको प्रयोग नगरेको पाइएपछि प्रहरीले सकृयता बढाएको हो । 

शुक्रबार सदरमुकाम लिवाङमा रोल्पा प्रहरीले प्लेकार्डसहित जनचेतना मुलक र्‍याली निकालेको छ । माईकिङ समेत गरेको प्रहरीले आजैदेखि मास्कबिना समाजिक दूरी कायम नगरि कोहि घरबाहिर निस्केमा नियमानुसार कारबाही गरिने जनाएको छ । केहिदिन यता बैँक, बित्तिय संस्था, सरकारी कार्यालय र बजारमा बाक्लो भिडभाड बढेको छ । 

'अहिलेसम्म जनचेतना मुलक कार्यक्रम गरियो । सबैलाई जानकारी दिएका छौ । अब पनि अटेरी गर्नेलाई आज संम्झाउछौ अनि केहिबेर होल्ड गर्छौ ।' र्‍यालीमा निस्किएका प्रहरी निरीक्षक संकर खड्काले भने, 'भोलीदेखि संक्रमण रोग ऐन २०२० कारबाही सुरु गर्छौ ।' उनका अनुसार संक्रमण रोग ऐन २०२० मा १ महिनासम्म कैद २ सय जरिवाना रहेको छ ।

प्रकाशित: २६ असार २०७७ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App