६ चैत्र २०८० मंगलबार
समाज

बाढीको खतरा बढेपछि प्रदेश २ मा हाइअलर्ट

शुक्रबार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकमा सहभागीहरू ।

मनसुन सक्रिय भएसंगै खोलानदीमा पानीको बहाव बढेर ढुवान र बाढीको खतरा बढेपछि प्रदेश सरकारले हाइअलर्ट जारी गरेको छ। शुक्रबार मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणकालागि तीनै सुरक्षा निकायलाई हाइअलर्टमा बस्न निर्देशन दिएका छन्।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा पूर्ण तयारी अवस्थामा बस्न प्रदेश सुरक्षा प्रमुखहरूलाई निर्देश दिएका हुन।

बाढी र डुबानको जोखिम कम गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तैयारी बारे मुख्यमन्त्री राउतलाई ब्रीफिङ गरेका छन्। ब्रीफिङ सुनेपछि मुख्यमन्त्री राउतले जोखिम न्यूनीकरणकालागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिए।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित: २६ असार २०७७ ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App