६ वैशाख २०८१ बिहीबार
समाज

सिन्धुपाल्चोकमा बाढीको वितण्डा, बेपत्ताको खोजी कार्यमा कठिनाइ

भोटेकोसी नदी कोरिडोरको जम्बु र बुल्कुटे बाढीपहिरोमा हराइरहेकाको खोजी कार्यमा कठिनाई उत्पन्न भएको छ। बाढीपहिरोमा अझै २० हराइरहेका छन्। निरन्तरको वर्षा, उच्च बहावमा तीव्र गतिमा उर्लिरहेको भोटेकासीको कटान र ठाडा खोल्सीबाट लेदोमाटो बगिरहेका कारण बेपत्ताको खोजीमा जुट्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ‘खराब मौसम र निरन्तरको वर्षाले कठिनाई उत्पन्न भएको छ,’ उनले भने।  

पहिरोमा हराइरहेकाको खोजी गर्न एक्साभेटरसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त सुरक्षाकर्मी टोली घटनास्थलमा तैनाथ रहे पनि वर्षा र खहरेबाट बहिरहेका लेदामाटो बाधक बनेको प्रजिअ ढकालले जनाए।  

बिहीबार बिहान याल्बो खोल्सीले बाढीपहिरो ल्याउँदा बाह्रविसे नगरपालिका–५ को जम्बुका दुईको ज्यान गएको थियो। १६ बेपत्ता भएका थिए। त्यस्तै सोही समयमा भोटेकोसी गाउँपालिका–५ बुल्कुटेमा स्थानीय खोल्सीको बाढीले बगाएर चार बेपत्ता बनाएको थियो। उनीहरु फेला पर्न सकेका छैनन्। बाढीपहिरोमा भोटेकोसी करिडोर क्षेत्रका तीन बस्तीका ३३ घर बगेका थिए। बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी अनुकूल मौसमको पर्खाइमा रहेको प्रजिअ ढकालले बताए।

प्रकाशित: २६ असार २०७७ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App