८ वैशाख २०८१ शनिबार
समाज

पश्चिम म्याग्दीमा पहिरोले कम्तिमा २० जना सम्पर्कविहिन (अपडेट)

गएराती अविरल वर्षापछि पश्चिम म्याग्दीका विभिन्न स्थानमा कम्तिमा २० जना पहिरोमा सम्पर्कविहिन भएका छन्। एक्कासि आएको बाढीले वितण्डा मच्चाएको छ। भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएका छन्। एक्कासी पहिरोले घर पुरिएपछि बिमको दुले भन्ने ठाउँमा विष्णु शर्मा र उनकी छोरी इच्छा शर्मा बेपत्ता भएका छन्। त्यस्तै नैरुङमा इलिसा शर्मा, मालिकाथानको तल्लो गाउँमा बिमला नेपालीको आमाछोरा, बिरबहादुर नेपाली सहित चारजनाको परिवार बेपत्ता भएको वडा अध्यक्ष सुविन जुग्जालीले बताए।  ‘पहिरोले ८ जना बेपत्ता भएको खवर छ,‘थप उद्धारको प्रयास भइरहेको छ’ जुग्जालीले भने। विगतमा पहिरोको कुनै समस्या नभएको ठाउँमा एक्कासी पहिरोले जनधनको क्षती पुर्याएको छ।

जोखिममा रहेकालाई सुरक्षित स्थानमा पठाउने प्रयास भइरहेको छ।त्यस्तै  धवलागिरी गाउँपालिका–६, मराङको रिखा भन्ने ठाउँमा कम्तिमा ११ जना बेपत्ता भएको अनुमान गरिएको छ। मराङको घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडा अध्यक्ष राजाराम शर्मा बताए। मराङमा बेपत्ताको संख्या ११ सम्म पुग्ने अनुमान गरिएको छ। पहिरोले आवतजावत गर्ने सम्पूर्ण मार्गहरु बन्द भएपछि पहिरोमै अलपत्र परेकाको उद्धारको प्रयास भइरहेको वडा अध्यक्ष शर्मा बताए। इलाका प्रहरी कार्यालय दरबाङबाट गएको टोली पहिरोले बाटो अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको छ भने स्थानीयले उद्धारको प्रयास गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जिल्लाभरबाट पहिरोको जानकारी लिने प्रयास भइरहेको बताए।  

मराङमा बेपत्ता हुनेमा धनबहादुर जुग्जाली र भिम जुग्जालीका ७ जना रहेको छ। मराङकै कल्लेनीको घारखोलामा आएको बाढीले परदेवी र वीरबहादुरपुनको घर बगाएको छ। म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम सडक जोड्ने बेलिब्रिज बगाएको छ। गएराती अविरल वर्षापछि एक्कासि आएको बाढीले गलेश्वर–पिप्ले जोड्ने बेलिब्रिज बगाएको हो। बेलिब्रिजसँगै गलेश्वर पारीको बस्ती  नै नदी कटानको उच्च जोखिममा परेको छ।बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्ने पुल बगाएसँगै रघुगंगा र अन्नपूर्ण गाउँपालिका सहित मुस्ताङ आवतजावत गर्ने सडकमार्ग सम्पर्क विच्छेद भएको छ।  

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २६ असार २०७७ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App