१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालविवाहमा संलग्न बेहुलासहित पाँच पक्राउ

विवाह सम्पन्न गरेर बेहुली अन्माउने तयारीमा रहेका बेहुलासहित पाँच जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । विवाह सम्पन्न गरि बेहुली अन्माउने तयारी गरेर बेहुलाको घर जाने समयमा प्रहरीले बालविवाह गराउने काममा संलग्न भएको भन्दै बाबु आमासहित पण्डितलाई पनि पक्राउ गरेको हो ।

व्यास नगरपालिका–११ मा १४ वर्षिया बालिकालाई २३ वर्षका युवासँग बिहे गराउन लागिएको अवस्थामा बेहुला, बेहुलाको बाबु, बेहुलीका बाबु आमा र पण्डित समेतलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

बालिकासँग बिहे गर्न लागेको आरोपमा पक्राउ परेका बेहुला गोरखा लखन गाउँपालिका–२ निवासी २३ वर्षका सन्तोष अर्याल रहेको तनहुँ प्रहरीले जनाएको छ । उनका बाबु आमा र पण्डितको परिचय भने प्रहरीले गोप्य राखेको छ । बाल विवाह भैरहेको सूचनाका आधारमा बुधबार विवाह मण्डपमै गएर उनीहरुलाई पक्राउ गरिएको डिएसपी तिमिल्सिना जानकारी दिए । उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २५ असार २०७७ १४:०८ बिहीबार

बालविवाह बेहुला पक्राउ