७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा भारतीय मलको तस्करी, सहकारीको मलमा कालोबजारी

भारतबाट अवैध रुपमा रौतहटको जयनगर नाका हुँदै तस्करहरुले भण्डारन गरेको तस्करीको मल सशस्त्र प्रहरीले बरामद गरेको मल। तस्बिर : मदन/रौतहट

रौतहटमा रासायनिक मलको अभाव भएको छ । बजारमा मलखाद पाउन छाडेपछि अभावमा किसानहरु चिन्तीत बनेका हुन् । तराईको उर्वर फाँटमा किसानहरु धान बाली लगाउने बेला नै रासायनिक मलको अभाव भएपछि किसानहरु चिन्तित छन् । अधिकाँश किसानहरुले धान रोपाई त गर्यो तर नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने रासायनिक मल यहाँका सहकारी संस्थाका सञ्चालकहरुले कालोबजारी गरेर अन्य जिल्लामा बिक्री गरेको कारण यहाँका किसान मल अभावमा प्रत्यक्ष रुपमा मर्कामा परेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ बागमतीस्थित सृजनसिल कृषि सहकारी संस्था लिमिटेड, बागमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाममा खरिद गरिएको रासायनिक मल आफ्ना शेयर सदस्य किसानहरुलाई सहज रुपमा बिक्री वितरण गर्नुको साटो सर्लाहीको बागमती नगरपालिका–१२ कर्मैया घरभई हाल चन्द्रपुर नगरपालिका–१ स्थित बागमती बजारमा राहुल खाध्य उद्योग संचालक सतेलाल साह मार्फत कालोबजारी गरेको रहस्य सार्वजनिक भएको छ । 

किसानलाई सहुलियत दरमा बिक्रीको लागि आएको मल अन्य जिल्लामा बिक्री गरेको स्थानीय किसानहरुको उजुरीको आधारमा संचालक साहलाई राष्ट्रिय धान दिवस कै दिन असार १५ गते इलका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेपछि उक्त अवैध कारोबारको रहस्य सर्वजनिक भएको थियो । साहले सृजनसिल कृषि सहकारी संस्था लिमिटेडको नामबाट युरिया १६५२ बोरा, डिएपी ६०५ बोरा, पोटास १३५ बोरा, यस्तै बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट युरिया १२१२ बोरा, डिएपी ५७५ बोरा, पोटास ११५ बोरा र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नामबाट युरिया २१२४ बोरा, डिएपी ६८१ बोरा, पोटास १३० बोरा खरिद गरेर जिल्ला मकवानपुर र सर्लाही जिल्लाका किसानहरुसंग बढि मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसनधान प्रकृया अगाडी बढाएकोे छ ।  

चन्द्रपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष बिरु रखालले तीनवटै सहकारी संस्थालाई अनुदानको मल दिने कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरलाई सिफारिस गरेको थियो । वडा अध्यक्ष रखाल सृजनसिल कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष समेत हुन ।

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल कृषि सामग्री कम्पनी लिमिटेडबाट सहकारी संस्थाले खरिद गरेको मलखाद्य किसान लाई बिक्री वितरण गरेको प्रतिबेदन बनाउनु पर्नेमा ती सहकारी संस्थाले बनाएको छैन । कालोबजारीमा संलग्न व्यावसायी साह पक्राउ परेपनि उनी संगको संलग्नतामा रहेकाहरुको समेत खोजी हुनु पर्ने माग स्थानीय किसानहरुले प्रशासनसँग माग गरेका छन् । 

प्रहरी नियन्त्रणमा रहेका व्यापारी साहलाई कालोबजारी ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि रबिराज खड्काले सहकारीको नाममा अनुदानको मलखाद्य खरिद गरेर बाहिरी जिल्लाका किसानलाई चर्को मूल्य बिक्री गरेको गुनासोको आधारमा साहलाई पक्राउ गरी उनि माथि अनुसन्धान थालिएको स्पष्ट पर्दै कालोबजारीमा संलग्न अन्यको हकमा पनि प्रहरीले खोजी कार्य जारी राखेको बताए ।  

यसैबीच कोरोनाको कारण नेपाल भारत सीमा सिल रहेको अवस्थामा भारतबाट मल तस्करी भइरहेको पाइएको छ । जिल्लाको विभिन्न नाका हुँदै दैनिक हजारौ बोरा मल तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कोरोनाको महामारी फैलिनबाट जोगाउनको लागि प्रशासनले करिब चार महिनादेखि नाका शिल गरी आवत जावतमा प्रतिबन्ध लगाएपनि मठिया, बन्जरहा, औरैया, जयनगर, नरकटिया, बंकुल, ब्रहम्पुरी तथा लक्ष्मीपुर वेलविछवा नाका भएर दैनिक हजारौ बोरा मल तस्करी भइरहेको छ ।

भारतबाट तस्करी भएर प्रति बोरा साढे पाँच सयमा आएको मल नेपाली बजारमा १४ सय रुपैयाँ प्रति बोराका दरले बिक्री वितरण भइरहेको छ । परोहा नगरपालिकाको जयनगर नाकाबाट भित्र्याइएको डेढ सय बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएपछि मल तस्करीको रहस्य पुष्टि भएको छ । 

वेलविछवा नाका भएर नेपाल प्रहरीका हबल्दार गोपाल यादव र सशस्त्र प्रहरीका घुमुवा रमेश पासवानको मिलोमतोमा दैनिक भारतबाट मल, कपडा एवं दैनिक उपभोग्य सामग्रीको तस्करी भइरहेको छ । यादव र पासवानको मिलोमतोमा नेपालबाट, मटर, छोकडा सुकमेल लगायतका मालसमानको तस्करी भइरहको श्रोतले जनाएको छ । ब्रहम्पुरी र वेलविछवा नाका भएर करिब एक दर्जन बढी कारोवारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटो रकम दिएर तस्करी गरिरहेको बुझिएको छ ।

प्रकाशित: २५ असार २०७७ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App