१६ चैत्र २०८० शुक्रबार
समाज

निकुन्जको अतिक्रमित जग्गा प्रकरण : ठाकुरद्धारा दिनभर तनाब ग्रस्त

निकुन्जको मुख्यालय रहेको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्धारामा जग्गा अतिक्रमण गरेर बसेका स्थानीयले निकुन्ज प्रशासनविरुद्ध प्रर्दशन गर्दा बिहीबार दिन भर तनाब ग्रस्त बन्यो । निकुन्जका कर्मचारीलाई नियन्त्रणमा लिएर आन्दोलनमा उत्रिएका स्थानीयले दिनभर प्रदर्शन गर्दा ठाकुरद्धारा बजार दिन भर तनाब ग्रस्त बनेको हो ।

स्थानीयले निकुन्जको मुख्यालय आक्रमण गर्न सक्ने भन्दै निकुन्ज प्रशासनले नेपाली सेना परिचालन गरेको जनाएको छ । तर, भोट बैँकको रुपमा प्रयोग हुने जग्गा अतिक्रमणकारीलाई स्थानीय नेताले संरक्षण गर्दा प्रदर्शनले उग्ररुप लिईरहेकोे निकुन्ज प्रशासनको भनाई छ । जिल्लाका अन्य ठाउँका जग्गा अतिक्रमण गरेर बसेका पनि संगठित भएर ठाकुरद्धारा अतिक्रमण हटाउन नदिन शक्ति प्रदर्शनमा उत्रेका निकुन्ज प्रशासनको आरोप छ ।  

२०७६ जेठ १८ गते ठाकुरबाबा नगरपालिका नगर प्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ६ महिनापछि अतिक्रमण खाली गराउन निर्णय भए बमोजिम निकुन्जको अतिक्रमण हटाउन प्रक्रिया अघि बढाएपछि स्थानीय निकुन्ज प्रशासनकोविरुद्धमा प्रदर्शनमा उत्रेका हुन । उक्त निर्णयमा अतिक्रमण उठाएर साँस्कृतिक डबलि निर्माण गर्ने र धार्मीक वन संरक्षण गर्ने उल्लेख छ ।

अतिक्रमणकारीले अघिल्ला वर्षमा पनि यस्तै आन्दोलन गर्ने हुनाले निकुन्ज प्रशासन अतिक्रमण हटाउन नसकेर निरीह बनिरहेको आरोप स्थानीयको छ । तत्कालिन वार्डेन रामचन्द्र पौडेलको पालामा अतिक्रमण हटाउने निर्णय त्यतिबेला पनि कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछनु ।  

ठाकुरबाबा नगरपालिका–९ धार्मिक वनमा ठाकुरद्धारा बजार बसेको छ भने गेरुवा गाउँपालिका–१ मा खोल्टी बजार अतिक्रमणको चपेटामा परेको जग्गा निकुन्ज क्षेत्राअधिकार भित्र पर्छ । खोल्टी बजार अदालत मार्फत गएकाले निकुन्ज प्रशासनले हात हालेको छैन भने ठाकुद्धारा बजारको जग्गा अतिक्रमण हटाउन पटक पटक सहमती भएकाले निकुन्ज प्रशासनले प्रक्रिया अघि बढाउदा अवरोध सिर्जना भएको छ ।

केहि दिनअघिदेखि अतिक्रमण गरेका मानिसलाई निकुन्जले प्रशासनले बयाान लिन सुरु गरेपछि अतिक्रमणकारी आक्रोषित भएर प्रदर्शनमा उत्रेको निकुन्ज प्रशासनको दाबी छ । यसअघि सोधपुछको लागि  मानिस लिन गएको निकुन्ज गाडी र कर्मचारीलाई स्थानीयले नियन्त्रण लिएका थिए । बिहीबार बिहान पनि निकुन्जका कर्मचारी अतिक्रमणकारी नियन्त्रणमा लिएर हातपात गरेको निकुन्जका प्रमुख अणनाथ बरालले बताए । ‘धार्मिक वनको जग्गामा अतिक्रमण भएकाले बयान लिन सुरु गर्दा संगठित भएर निकुन्ज प्रशासनविरुद्ध लागेका छन्’ उनले भने । उनका अनुसार वर्षौदेखि बसोबास गरिरहेका धिरबहादुर थापा, लम्बु सुनार, राजेश बुढा र गणेश भण्डारीलाई बयानका लागि बोलाउन निकुन्जका कर्मचारी गएका थिए । त्यतिबेला कर्मचारीलाई हातापात भएकोे उनले बताए । ठाकुरबाबा मन्दिर अवस्थित उक्त जग्गा धार्मिक वन संरक्षण समितिको नाममा छ ।  

५४ घरधुरी बसोबास गर्दे आएका उक्त जग्गा पटक पटक अतिक्रमण हटाउन स्थानीय र निकुन्ज प्रशासन समक्ष निर्णय समेत भएको छ । निकुन्जको क्षेत्राअधिकार भित्र पर्ने करिब सय हेक्टर अतिक्रमणमा परेको रकर्डमा देखिन्छ । बरालका अनुसार ३२ हेक्टरमा अतिक्रमण निकुन्ज प्रशासनले हटाईसकेको छ । त्यसमध्य ठाकुरबाबा नगरपालिका–९ धार्मिक वनमा बसेको हटाउने छ भने गेरुवा गाउँपालिका–१ मा खोल्टी बजार बसेको छ ।  

बर्दिया राष्ट्रिय निकुञ्जले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको भन्दै ५४ वटा घर हटाउने तयारी गरेको हो । अतिक्रमित जग्गा सहमतीमा किनबेच हुँदै आएको छ । स्थानीयले भने आफूहरू वर्षौंदेखि त्यहीँ बस्दै आएकाले नहट्ने अडान लिएका छन् ।

वार्डेनको बरालको निर्देशनमा स्थानीयलाई पक्राउ गरेर सादा कागज गराउने गरेकाले भिड आक्रोषित भएको आरोप छ । समन्वय र सहमतीमा बिवाद सुल्झाउन लागेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । ‘सहमतीबाट समस्या सुल्झाउनका लागि प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।

प्रकाशित: २५ असार २०७७ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App