coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१०८ जना संक्रमित थपिँदा १३९ डिस्चार्ज

बिहीबार नेपालमा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक सय ३९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । त्यस्तै बिहीबारसम्‍म सात हजार आठ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् । नेपालमा कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।

बिहीबार पीसीआर विधिबाट ४ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । यो समेत गरी आजसम्म २ लाख ७१ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १ सय ९६, प्रदेश नम्बर २ मा २ हजार २४, बागमती प्रदेशमा ४ सय २९ र गण्डकी प्रदेशमा ८ सय ६२ जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ७ सय २७, कर्णाली प्रदेशमा ४ सय ५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । 

प्रकाशित: २५ असार २०७७ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App