७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्धुपाल्चोकमा बाढीले वितण्डा मच्चाएका बेला महाशाखाको यस्तो ‘अलर्ट’

फाइल तस्बिर

बढ्दो वर्षासँगै बाढी/पहिरोबाट देशमा ठूलो मात्रामा जनधनको क्षति गर्न थालिसकेको छ ।

बुधबार राति मात्रै सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले वितण्डा मच्चाएको छ । अविरल वर्षासँगै स्थानीय खोलामा उर्लिएको बाढीले बाह्रबिसेका विभिन्न वडामा गरी ३३ घर बगाएको छ भने दुई जनाको मृत्यु भएको छ । साथै बाढीले बगाएर बेपत्ता बनाएको २० जना अझै फेला परेका छैनन् ।  

 

यो पनि पढ्नुहोस्

सिन्धुपाल्चोकमा बाढीको बितन्डा: ३३ घर बगायो, पुलपुलेसा र सवारी साधन पुरिए

 

जल तथा मौसम विज्ञान विभागले पनि आजदेखि चार दिन अर्थात् आइतबारसम्म देशभर वर्षा व्यापक हुने अनुमान गरेको छ । र, त्यहीबमोजिम विपदबाट बच्न तयारीमा जुट्न मौसमविद्ले आग्रह गरिरहेका छन् । 

 

यो पनि पढ्नुहोस्

यी चारवटा प्रदेशमा आगामी चार दिन यो वर्षकै बढी वर्षा हुने अनुमान

 

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि असार २५ गते अर्थात् आजदेखि देशभरका नदीनालामा जलस्तर बढ्ने तथा २६ देखि २९ गतेसम्म ठूलो बाढी आउने सम्भावना रहेको यसअघि नै जानकारी दिइसकेको छ ।  

यसै क्रममा आज बिहीबार पनि विभिन्न जिल्लाका खोला/नदीमा बाढी बढिरहेको भन्दै आसपासका बासिन्दालाई सतर्क रहन अलर्ट (सूचना) जारी गरेको छ ।  

हेराैँ, बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेकाे चेतावनी:

Nepal Flood Alert! नेपाल बाढी सूचना!

@DHM_FloodEWS

2h

असार २५ विहान १० बजे कास्कीको पोखरा,लुम्ले लगायत धेरै स्थान,लमजुङ,पर्वत,बागलुङ र आसपास भारी बर्षा मापन र थप बर्षा हुने संभावना, विहान ९ बजे देखि ६ घण्टा उक्त स्थानका साना खोलामा आकस्मिक बहाव (Flash Flood) हुन सक्ने,साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाऔ

@NDRRMA_Nepal

@NEOCOfficial

असार २५,१२ बजे संलग्न चित्र १ र २ को रातो पहेँलो भागले साना नदीमा आगामी २४ र ३६ घण्टा भित्र आकस्मिक बहावको जोखिम रहेका स्थानलाई संकेत गर्दछ #ईलाम, झापा,मोरङ,सुनसरी,उदयपुर, सप्तरीका साना खोलामा ३६ घण्टा सम्म बाढीको जोखिम पहाडी भागमा आकस्मिक बहावको साथै पहिरोको जोखिम

@NDRRMA_Nepal

प्रकाशित: २५ असार २०७७ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App