coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनसुन सक्रिय भएसँगै सावधानी अपनाउन प्रशासनको आग्रह

मनसुन सुरु भएसँगै आइपर्ने प्राकृतिक विपत्तीबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखि सक्रिय भएको मनसुनका कारण नेपालका धेरैजसो ठाउँमा लगातार बर्षा हुनुका साथै तराईका केही र पहाडका थोरै स्थानमा भारी बर्षा समेत हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले जारी गरेको सूचनामा सक्रिय मनसुनका कारण हुने बाढी, पहिरो तथा डुबानबाट सावधानी अपनाउन भनिएको छ ।  

मनसुनका कारण तराईमा बाढी र डुबान हुने तथा पहाडमा भू–क्षय हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने देखिएको भन्दै प्रशासनले जिल्लाका सबै निकाय, समुदाय र सर्वसाधारणलाई सावधानी अपनाई उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह गरेको हो ।  

 

प्रकाशित: २५ असार २०७७ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App