८ वैशाख २०८१ शनिबार
समाज

मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ

खोटाङमा मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ परेका छन् । कोभिड–१९ बाट बच्नका लागि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोगमै बेवास्ता गरेको पाइएपछि प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको हो । कोभिड–१९ को संक्रमणबाट बच्नका लागि सरकारले अनिवार्यरूपमा मास्क लगाउन र भौतिक दुरी कायम गर्न आग्रह गरे पनि बेवास्ता गरेको भेटिएकाले नियन्त्रणमा लिएर सचेत गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।  

अन्य ठाउँमा भन्दा बढि भीडभाड हुने दिक्तेल बजारमा मास्क प्रयोग नगरी हिँडिरहेको पाइएपछि दुई दिनको अवधिमा ४१ जनालाई नियन्त्रणमा लिएर आगामी दिनमा मास्क लगाएर मात्र हिँड्डुल गर्ने शर्तमा छाडिएको प्रहरीले जनाएको छ । संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला कोभिड–१९ बाट बच्ने सुरक्षाका विषयमा भने हेलचक्र्याई हुन थालेको देखिएको छ ।  

 

प्रकाशित: २५ असार २०७७ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App