१६ चैत्र २०८० शुक्रबार
समाज

वैज्ञानिक वन अनुगमन गर्न संसदीय टोली पश्चिम तराईका जिल्लामा

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा रहेको वैज्ञानिक वनको स्थलगत अनुगमन गर्दै संसदीय टोली।तस्बिरःनागरिक

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्र्तगत गठित वैज्ञानिक वन ब्यवस्थापन अनुगमन उप–समिति पश्चिम तराईका जिल्लामा अनुगमन गर्न आइपुगेको छ। अनुगमन उप–समितिका संयोजक एवम् सांसद शान्ता चौधरीको नेतृत्वमा रहेको उक्त टोलीमा सांसदद्धय सत्यनारायण शर्मा(खनाल) र राजबहादुर बुढाक्षेत्री छन्। उक्त टोलीले सुदुरपश्चिम र प्रदेश पाँचका विभिन्न जिल्लामा विगत चार दिनदेखि स्थलगत अनुगमन गरेको हो।  

सुदूरपश्चिमको कञ्चनपुरबाट अनुगमनमा निस्केको टोली कैलाली, बर्दिया, बाँके हुँदै दाङतर्फ प्रस्थान गरेको छ। टोलीले बाँकेका विभिन्न सरोकारवाला पक्षसँग छलफल गरी राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा रहेका वैज्ञानिक वनको स्थलगत अनुगमन गरेको हो। संसदीय टोलीलाई सुझाव दिदै यहाँका सरोकारवाला पक्षले बाँकेमा वैज्ञानिक वन सरकारको नीति÷निर्देशन र कार्य योजना अनुसार चलिरहेको बताए।  

यो पनि पढ्नुहोस्

सरकारी वनमा व्यापक कटानी

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेता निरक गुरुङले बाँकेमा रहेका वैज्ञानिक वनले समुदायको विकाससँगै राज्य अर्थतन्त्रमा टेवा पु¥याएको बताए।  

‘बाँकेमा रहेका वैज्ञानिक वनले अहिलेसम्म बद्मासी गरेको कुरा कतै सुनिएको छैन,’ उनले भने ‘वैज्ञानिक वनलाई ब्यवस्थित गरौं, साथै अनुगमनको कामलाई निरन्तरता दिऔं।’ राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले वैज्ञानिक वनको नीति राम्रो भएकाले राज्यले ब्यवस्थित गर्न जरुरी रहेको सुझाव दिए।  

‘वैज्ञानिक वनमा उपभोक्ताको योगदान धेरै छ, वन संरक्षण गरेका उपभोक्तालाई राज्यले निर्णय गर्ने अधिकार पनि दिनुपर्छ,’ उनले भने। लाली गुँरास सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मेघराज उपाध्याय र जयदुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष सुकलाल बोहराले वैज्ञानिक वनको अवधारणा र सिद्धान्त राम्रो रहेको बताए। ‘वैज्ञानिक वनमा सिस्टम छ, सिस्टम अनुसार काम गरियो भने समस्या हुदैन, हामीले त कार्य योजना अनुसार नै काम गरिरहेका छौं,’ अध्यक्ष उपाध्यायले भने।  

यो पनि पढ्नुहोस्

उपभोक्ता छलेर व्यापक रूख कटानी

डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले वैज्ञानिक वनको अवधारणा र वन संरक्षणमा अवलम्वन गरिएको रणनीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए। श्रेष्ठका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ मा ३, वडा नम्बर २ मा ११ र वडा नम्बर ३ र ४ मा १÷१ वटा वैज्ञानिक वन समुदायमार्फत ब्यवस्थापन गरिएको छ। यस्तै राप्तीसोनारी २ को राष्ट्रिय वनमा पनि डिभिजन वन कार्यालयमार्फत वैज्ञानिक वन ब्यवस्थापन गरिएको छ। कार्यालयका अनुसार राष्ट्रिय वनमा २ हजार ५ सय ७८ हेक्टर र सामुदायिक वन समुहमार्फत ४ हजार १ सय ९३ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन ब्यवस्थापन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।

वैज्ञानिक वनबाट बाँकेमा बार्षिक ४५ हजार ५ सय क्वीफिट काठ र १ सय ५० चट्टा दाउरा उत्पादन हुने गरेको छ।  

अनुगमन उपसमितिका संयोजक एवम् सांसद शान्ता चौधरीले कैलालीको वैज्ञानिक वनमा कार्य योजना विपरित रुख कटान भएको उजुरी प्राप्त भएपछि आफुहरु अनुगमनमा निस्केको बताइन्। ‘हामीले कञ्चनपुरबाट अनुगमन सुरु गरेर कैलाली, बर्दिया हुदै बाँके सम्म आइपुगेका छौं,’ कोहलपुरमा आयोजित छलफलमा उनले भनिन् ‘अब दाङ, कपिलबस्तु हुदै पुर्वतिर लाग्नेछौं।’ आफुहरुले अनुगमन गरिसकेपछि सरकारलाई प्रतिवेदन बुझाउने सांसद चौधरीले जानकारी दिइन्। वैज्ञानिक वन अनुगमन गर्न संसदको लेखा समितिले पनि छुट्टै समिति बनाएको छ। 

प्रकाशित: २५ असार २०७७ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App