८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा हजार बढीले कोरोना जितेर घर फर्किए

रौतहटको विभिन्न आइसोलेसनबाट सफल्तापुर्वक कोरोना माहामारीलाई जितेर अहिलेसम्म साढे ११ सय जना घर फर्केका छन् । कोभिड-१९ अर्थात कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढेर प्रदेशमै रौतहट पहिलो स्थानमा रहेको थियो । कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेपछि स्थानीय तहको सहयोग तथा स्थानीय प्रशासनको निगरानीका कारण संक्रमितहरु मध्ये ९२ प्रतिशत विरामी कोरोनाको जंग जितेर आ–आफ्ना घर फर्केका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको तथ्याँक अनुसार भारतको विभिन्न शहरमा कामविहीन भएर घर फर्केका नेपालीहरुलाई सीमानाकाबाट सिधै सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा करिब १४ हजार ६ सय ९८ जनालाई राखेका थिए । क्वारेन्टिनमा रहेकाहरुको स्वाबको पिसिआर परीक्षण गर्दा १ हजार २ सय ४६ जना कोरोना पोजेटिभ भएर संक्रमित भएका थिए । कारोना लागेर संक्रमित भएकाहरुलाई जिल्लाभित्रै तयार पारिएको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । १ हजार १ सय ५१ जनाले सफल उपचार पश्चात कोरोना जितेर घर फर्किएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन् ।

जिल्लाको प्रहरी विद्यालय विर्ता, जयकिसान मावि धरहरी, परोहा र चन्द्रपुरको सहिद पार्कमा रहेको आइसोलेसनमा ९५ जना कोरोना संक्रमित व्यक्तिहरुको हालसम्म उपचार भईरहेको छ । जिल्लाको विभिन्न क्वारेन्टिनमा ३६ जना महिला र ३३२ जना पुरुष गरी ३६८ जना रहेको प्रजिअ घिमिरेले बताए । क्वारेन्टिनमा बसेका ति व्यक्तिहरुको चाँडै पिसिआर परीक्षण गरिने प्रतिक्रिया दिए । सुरुमा भयावह अवस्था रहेका रौतहटमा हाल कोरोना मुक्त हुने क्रममा अघि बढेको देखिएको छ ।  

आइसोलेसनबाट कोरोनाको जंग जितेर घर फर्किएका व्यक्तिहरुसंग समाजमा राम्रो व्यवहार गर्न र कोरोना जितेर घर फर्केकाहरुमा परेका नकारात्मक असरलाई हटाई समाजमा स्थापित गराउन आग्रह  प्रजिअ घिमिरेले यरेका छन् । उनले प्रदेशमै अग्र स्थानमा रहेको जिल्लामा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी समाजसेवी लगायत समाजका सचेत वर्गद्धारा समाजिक दुरी कायम, अनिवार्य रुपमा मास्क लगाउने र साबुन पानीबाट वा सेनिटाइजरको प्रयोग गरी कोरोनालाई हराएको तथा कोरोना मुक्त जिल्ला बनाउने अभियान चाडै पुरा हुने विश्वास समेत व्यक्त गरेका छन् ।  

 

 

प्रकाशित: २४ असार २०७७ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App