२० श्रावण २०७७ मंगलबार
समाज

लेनदेनको बिषयमा झडप हुँदा यादवको मृत्यु

रौतहटको राजदेवी नागरपालिका लेनदेनको विषयमा बाद बिवाद भएर कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। मंगलबार स्थानीय राजदेवी नगरपालिका ६ का ३५ वर्षिय अशोक यादवको कुटपिटबाट ज्यान गएको हो। सर्लाही जिल्लामा आफन्तको पुरानो बक्यौता लेनदेन गर्न गएको बेला आफन्तसंग भनाभन भई कुटाकुट हुँदा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सर्लाही बलरा नगरपालिका का ३ जनालाई नियन्त्रणमा लिएको छ।  

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ। लेनदेनबारे छलफल गर्न मृतक यादव हिजो साँझ आफन्तको घर बलरा नगरपालिका गएका थिए।  

 

प्रकाशित: २४ असार २०७७ १८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App