८ वैशाख २०८१ शनिबार
समाज

कोभिड–१९ विरुद्धको लडाँईमा युनिलिभर नेपाल सक्रिय

युनिलिभर नेपालले कोभिड–१९ महामारी विरुद्धको लडाईका लागि ३ करोड ७८ लाख रुपैयाँ बराबरको राहत प्याकेज वितरण गरेको छ।  कम्पनीले ५ वटा भेन्टिलेटर उपकरणहरु स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराइएको भने मन्त्रालयलाई २ हजार ८ सय ८० जनाको लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमूना भण्डारण र पिसिआर ट्युबहरुसहितको न्यूक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको छ।

त्यसैगरी, कम्पनीले १ करोड ५७ लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ भने उपकरणहरु कम्पनीको कार्यक्षेत्रभित्र परेका हेटौडा अस्पताल, मकवानपुर, भरतपुर अस्पताल, चितवन, नारायणी अस्पताल, वीरगञ्ज र वीर अस्पताल काठमाडौं गरी ४ मुख्य अस्पतालहरु लाई दिइने जनाएको छ।  

कम्पनीको कारखाना टिमको तर्फबाट पनि हेटौंडाका  विभिन्न निकायहरुलाई  एन ९५ मास्क, सर्जिकल मास्क, निर्मलीकरण गरिएको पञ्जा र चिकित्सा चश्माहरुलगायतका पिपिइ सेट हस्तान्तरण गरेको थियो।  

कम्पनीले स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालयहरु र अन्य कार्यालयहरुलाई १ लाख ५४ हजार थान लक्स, डोभ, लाइफब्वाय साबुन र लाइफब्वाय ह्याण्डवासहरु वितरण गरिसकेको छ।

त्यसैगरी, कम्पनीले ४ हजार २ सय परिवारहरुलाई रासनसहितको राहत प्याकेज प्रदान गरेको छ भने स्थानीय वडा कार्यालयहरुको समन्वयमा करिब ६८ लाख रुपैयाँ बराबरको यी राहत प्याकेजहरु वितरण गरेको छ।  

कम्पनीले हेटौंडामा २ हजार २ सय, वीरगञ्जमा १ हजार र चितवनमा १ हजार परिवारलाई वितरण गरेको जनाएको छ।  

कम्पनीका अनुसार कारखाना टिमले पनि हेटांैडामा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका १ सय ५० जना बालबालिका र ज्येष्ठ नागरिकहरुका लागि एक महिना बराबरको राहत दिएका छन्।  

प्रकाशित: २४ असार २०७७ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App