६ वैशाख २०८१ बिहीबार
समाज

इलाममा कोरोना संक्रमितको संख्या १३ पुग्यो

पछिल्लो २४ घण्टामा २ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । कोसी अस्पतालमा गरिएको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षणमा इलाम सदरमुकामस्थित क्वारेन्टिनमा रहेका इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो ।  

इलाम–८ का २५ वर्षे संक्रमित युवक साउदी अरबबाट गत १५ गते नेपाल आएर १६ गतेयता क्वारेन्टिनमा छन् । सन्दकपुर–५ का ३५ वर्षे युवक मलेसियाबाट १६ गते आएर १७ देखि क्वारेन्टिनमै छन् । दुवैजनामा कोरोना संक्रमणको लक्षण भने नदेखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले बताए । ‘दुवैजनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा आजै लगिँदैछ,’ बरालले बुधबार अपराह्न भने, ‘उनीहरूको स्वाब नमुना गत २० गते संकलन गरी २१ गते पठाइएको थियो ।’

यसअघि सूर्याेदय नगरपालिकाका क्वारेन्टिनहरूबाट ९ जना तथा माई र देउमाई नगरबाट पठाइएका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । सूर्याेदयको क्वारेन्टिनमा रहेका २ जना उपचारपछि घर फर्केका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा १ हजार २ सय ११ जनाको पिसिआर परीक्षण गरिएकामा १ सय ९१ जनाको रिपोर्ट आउन बाँकी छ ।

जिल्लाका संस्थागत क्वारेन्टिनमा १ सय ७३ र होम क्वारेन्टिनमा २ सय ६० जना रहेको कार्यालयका प्रशासकीय अधिकृत सफल पोर्तेलले बताए ।  

 

प्रकाशित: २४ असार २०७७ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App