८ वैशाख २०८१ शनिबार
समाज

पाँच जिल्लामा कोरोनाको शून्य संक्रमण

नेपालका पाँच जिल्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शून्य संक्रमण भएका जिल्लामा धनकुटा, भोजपुर, सोलुखुम्बु, मस्ताङ र हुम्ला रहेका छन्। यस्तै अन्य पाँच जिल्लामा संक्रमितको संख्या पाँच सय भन्दा बढिरहेको छ। ति जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन्।  

पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएका छन्। गौतमका अनुसार पछिल्लो पटक २ सय ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना मुक्त भएका छन्।

अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको छ।

 

 

प्रकाशित: २४ असार २०७७ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App