coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२५५ जना संक्रमित थपिँँदा २५३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक २ सय ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना मुक्त भएका छन्।

अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको छ।

५ सयभन्दा माथी संक्रमित रहेको जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन्। यस्तै शून्य संक्रमण रहेका जिल्लामा धनकुटा, भोजपुर, सोलुखुम्बु, मस्ताङ र हुम्ला रहेको डा. गौतमले बताए।

 

प्रकाशित: २४ असार २०७७ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App