८ वैशाख २०८१ शनिबार
समाज

डेढ करोड खर्चेर बनाइयो प्रशासन तथा पुस्तकालय भवन

चितवनको पार्वतीपुरमा नवनिर्मित भवन उद्घाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहाल । तस्बिर : सूर्यप्रकाश/नागरिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनमा डेढ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको प्रशासन तथा पुस्तकालय भवन उद्घाटन गरिएको छ । नेकपा अध्यक्ष दाहालकी छोरी एवम् भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधबार एक समारोहबीच पटिहानीमा रहेको भानु माध्यमिक विद्यालयको प्रशासन तथा पुस्तकालय भवन उद्घाटन गरेकी हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारिलोटारमा भरतपुर महानगरपालिका, सामाजिक विकास मन्त्रालयलगायतको एक करोड ४६ लाख रुपैयाँ लागतमा चारकोठे आधुनिक प्रशासनिक भवन र पुस्तकालय निर्माण गरिएको हो ।  

मेयर दाहालले भरतपुरमा खुला विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएको भन्दै त्यसका लागि आवश्यक जग्गाको खोजीमा आफू रहेको बताइन् । चालु आर्थिक वर्ष २०७६/७७ मा संघ, प्रदेश र महानगरको लगानीमा शिक्षा क्षेत्रको समग्र विकासमा १८ करोड रुपैयाँ भन्दा बढी बजेट परिचालन गरिएको उनले जानकारी दिइन् ।

यसैबीच, मेयर दाहालले सोही वडाको पार्वतीपुरमा बुधबार नै स्वास्थ्य चौकी शिलान्यास गरेकी छन् । चार सय वर्गमिटरमा निर्माण गर्न लागिएको दुईतले भवनको लागत ७९ लाख ७७ हजार रहेको भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

 

 

 

प्रकाशित: २४ असार २०७७ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App