७ वैशाख २०८१ शुक्रबार
समाज

पाल्पामा जोर बिजोरमा कडाई, मास्क नलगाउने कारवाहीमा

चेकजाँच गर्दै ट्राफिक प्रहरी । तस्बिरः मुक्ति/नागरिक

पाल्पा जिल्लामा मोटरसाइकल र स्कुटरलाई जोर बिजोर प्रणालीमा कडाई गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम बिपरित चलेका एक सय बढी सवारी साधन नियन्त्रणमा लिएको छ ।  

कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै जाँदा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरक्षा चेकजाँचमा कडाई गरेको हो । कार्यालयका प्रहरी सहायक निरीक्षक अर्जुन सुवेदीले बुधबार असार २४ गते जोर गतेका दिन चलेका झण्डै एक सय मोटरसाईकल तथा स्कुटर नियन्त्रणमा लिइएको बताए । उनी भन्छन्, ‘पाल्पा जिल्लामा जोर बिजोरका आधारमा सवारी साधन चल्न दिईनेछ । साधारण काममा पनि सर्वसाधारणले सुरक्षा सावधानीमा ध्यान दिएका छैनन् । मास्क नलगाउनेहरुलाई लगाउन पठाइएको छ । जोर दिन बिजोर सवारी चलाउनेहरुलाई साँझ ७ बजेसम्म नियन्त्रणमा राखी छाडिनेछ ।’

जेठ २८ बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक तथा भौतिक दुरी र सुरक्षा मापदण्ड पालना गरेर पसल दोकान खोल्न दिने साथै सवारी साधनलाई पनि जोर बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको थियो । मोटरसाइकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानीलगायतका गाडीमा भने यो लागू हुने छैन ।

यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् । कोरोनाको जोखिम बढेकाले भौतिक दूरी पालना गरेर मात्र यात्रा गर्न र ट्राफिक नियमको पालना गर्न आग्रह समेत गरिएको छ ।  

 

 

 

प्रकाशित: २४ असार २०७७ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App