७ वैशाख २०८१ शुक्रबार
समाज

ग्याँस लिक भएर धरानमा आगलागी, दुई घर जलेर ध्वस्त

आगलागीले क्षति पुगेको घर । तस्बिर : नागरिक

ग्याँस लिक भएर आगलागी हुँदा धरान १४ विजयपुरस्थित बेलडाँडामा २ घर जलेर नष्ट भएको छ । बुधबार(आज) भएको आगलागीमा स्थानीय विष्णु राई र इश्वर राईको काठको घर जलेर नष्ट भएको हो । प्रहरीका अनुसार विष्णुको घरबाट ग्याँस लिक भएर आगलागी सुरु भएको थियो । 

आगोले उनको घर पुर्णरुपमा नष्ट भएको छ भने इश्वरको घर पनि केही मात्र जोगिएको छ । दुवै घरमा घरधनी भने बस्दैन थिए । विष्णुको घरमा नरमाया लिम्बुको परिवार भाडामा बस्ने गथ्र्यो भने इश्वरको घरमा उनका भाई कमलको परिवार बस्ने गथ्र्यो ।

आगलागीबाट २२ लाख हाराहारीमा क्षति पुगेको प्रारम्भिक विवरण संकलन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘विष्णुको घर सबै जलेर नष्ट भएको छ, त्यहाँ करिब १३ लाख क्षति पुगेको प्रारम्भिक विवरण छ,’डिएसपी बस्नेतले भने,‘अर्को कमलको घरमा पनि आधा भन्दा बढी जलेर नष्ट भएकोछ, त्यहाँ ९ लाख हाराहारी क्षति भएको विवरण छ ।’ क्षतिको यो विवरण प्रारम्भिक भएको र अझै बढ्न सक्ने उनले बताए ।

दुवै घर काठ र टिनले बनेको कारण आगलागीबाट धेरै क्षति पुगेको हो । आगलागी पीडित कमलका दाजु ईश्वर राईका अनुसार काठले बनेको घर भएकोले आगो छिटो फैलिएको र सबै क्षति पुगेको हो । ‘हाम्रो घरमा घर बनाउने भनेर थुप्रै काठ राखेका थियौं, त्यो पनि सबै जलेर नष्ट भयो,’उनले भने । आगो धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासी मिलेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रकाशित: २४ असार २०७७ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App