coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आज कता–कता, कस्तो वर्षा होला?

फाइल तस्बिर

बुधबार पनि देशभर वर्षा जारी रहने भएको छ । यतिबेला पनि कतिपय स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो मुलुकका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। सुदूरपश्चिम, ५ नम्बर, गण्डकी, बागमती, २ नम्बर र  १ नम्बर प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि प्रदेश ५, गण्डकी,  बागमती, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा र  प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बितेको २४ घण्टामा कहाँ कति वर्षा भयो?

स्राेत : माैसम पूर्वानुमान महाशाखा

यो पनि पढ्नुहोस्

‘यी जिल्लाका जमिन धेरै गलेका छन्, बाढीपहिराेकाे जाेखिम छ’

 

प्रकाशित: २४ असार २०७७ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App