८ वैशाख २०८१ शनिबार
समाज

बिपन्नका घरमा जस्तापाता

गाउँपालिकाले दिएका जस्तापाता लगाएको एक घर । तस्बिर : नागरिक

गत वर्षमा अति बिपन्न सात सय घर धुरीलाई निशुल्क जस्तापाता उपलब्ध गराएको सुनिलस्मृति गाउँपालिकाले यो आर्थिक वर्ष पनि अति विपन्न १ सय ५० घरधुरीलाई जस्तापाता बितरण गरेको छ । नयाँ घर बनाएर छानो हाल्न नसकेका तथा घर चुहिएर बस्न नमिल्ने अवस्थाकालाई वडाको सिफारिसमा जस्तापाता बितरण सुरु गरेको हो ।  

प्रति वडा १५/१५ घरधुरी र केहि गाउँपालिकाबाट गरी तत्कालका लागि एक सय ५० घरधुरी जस्तापाता लगाउने कार्य सुरुगरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । एक सय ५० घरधुरीलाई वितरण गरि बाँकी रहेको जस्तापाता र आव २०७७/०७८ का लागि फुसको छानो विस्थापन कार्यक्रमका लागि विनियोजन गरिएको बजेटबाट खरिद गरि एकमुष्ट असोज महिनामा गाउँपालिका भरि सबैलाई वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । 

तत्काल आवश्यक भन्दा अन्य व्यक्तिलाई दिएमा भने असुरक्षित रुपमा राख्ने र जस्तापाता खिया लाग्ने जस्ता समस्या देखिएकोले असोजमा वितरण गर्ने योजना बनाईएको हो । अध्यक्ष घर्तीका अनुसार यो योजना निरन्तर चलिरहने छ । स्थानिय तह निर्बाचन लगत्तै गाउँपालिका अध्यक्ष घर्तीले फुसको छानो विस्थापन कार्यक्रम ल्याएका थिए ।

प्रकाशित: २४ असार २०७७ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App