coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुटवल उपमहानगरद्धारा कोरोना प्रभावित किसानलाई आर्थिक सहयोग

कोरोना भाइरस (कोभिड–१९) बुटवल उपमहानगरपालिकाले किसान लक्षित गरि प्रोत्साहन स्वरुप किसानलाई आर्थिक सहयोग गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरूलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । ५८ जना किसान र दुई वटा समुह सहकारी गरी कुल ६० जनालाई नगद अनुदान प्रदान गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए मंगलबार बुटवल उपमहानगरापलिकामा छनौट भएका किसानहरूलाई चेक प्रदान गरिएको थियो ।  

उपमहानगरपालिकाका प्रमुख सुवेदीले किसानहरू कुनै पनि प्रकृतिले प्रभावित हुन नदिनको लागि नगरपालिकाले आफ्नो योजना अनुसार सहयोग गरिएको बताए । कृषि पेशालाई आकर्षणको बनाउन बुटवलले दीर्घकालीन महत्वका किसान लक्षित कार्यक्रम सञ्चालन गरेको उनले बताए ।  

कोभिड–१९ विशेष कषि कार्यक्रम (विदेश बाट फर्केका र व्यवसाय उन्मूख कृषकहरूलाई कृषि विकास प्रोत्साहन कार्यक्रम) तर्फ छनौट भएका कृषक, कृषक समूह तथा संस्थाहरूलाई स्वीकृत कार्यक्रम अनुसार प्रोत्साहन अनुदान रकम प्रदान गरिएको उनले बताए ।  

बुटवल उपमानरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनौट भएका किसानहरूलाई कार्य प्रगती अनुसार १५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ र समुह सहकारीहरूलाई १ लाख र १ लाख ४० हजार नगद अनुदान प्रदान गरिएको हो ।  

बुटवल उपमहानगरपालिकाले कुल ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको हो । सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमेटेडलाई नगद क्रमसः एक लाख ४० हजार र एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

बुटवलका यीनै सहकारीको सहकार्यमा बुटवलले किसानलाई फसल धितो राखेर अनुदान दिंदै आएको छ । सहकारीहरूलाई कोभिड–१९ विशेष कषि कार्यक्रम (वाली उत्पादन र उत्पादकत्व बृद्धि) का लागि बीऊ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्र्तगत प्रोत्साहन अनुदान रकम प्रदान समेत गर्दै आएको छ ।

प्रकाशित: २३ असार २०७७ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App