६ चैत्र २०८० मंगलबार
समाज

क्वारेन्टिन रित्तिदै, आइसोलेसनमा थपिदैँ

स्वदेश तथा विदेशबाट भित्रिनेका लागि जुम्लामा झण्डै ८ सय वटा बेडका क्वारेन्टिन निर्माण भए । प्रत्येक स्थानीय तहका विद्यालय र सामुदायीक भवनमा क्वारेन्टिन बने । सबै क्वारेन्टिनमा भारत तथा नेपाल भित्रबाट आएकाहरुले भरिभराउ भए । तर पछिल्लो समयमा यहाँका क्वारेन्टिन रित्तिन थालेका छन् ।अहिले जिल्ला भरी ९० जना मात्र मानिस क्वारेन्टिनमा बसेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार क्वारेन्टिनबाट २ हजार ६ सय १७ जना घर फर्किएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेनमा अहिले ३६ जना छन् । कोराना संक्रमितको संख्या बढ्न सक्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २० बेडको आइसोलेसन कक्ष निर्माण भएको थियो । अहिले क्वारेन्टिन रित्तिदै गइराखेकोमा आइसोलेसनमा थपिदैँ गएका छन् ।आइसोलेसनमा रहेका सबैको कन्ट्रयाक ट्रेसिङ भइसकेको अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । उनका अनुुसार सबैको कन्ट्रयाक ट्रेसिङ गरिएका सबैको कोराना रिर्पोट नेगेटिभ आइसकेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मात्र साढे पन्ध्र हजारको पिसिआर परिक्षण भइसकेको छ ।  

हाल सम्म ६९ जना आइसोलेसनमा बसेको तथ्यांक छ । जसमध्ये २७ जना कोराना जितेर घर फर्किसकेका छन् । आइसोलेसनमा मनोेपरामर्श देखि सबैका प्रकारका परामर्श दिइरहेको छ  । पछिल्लो समयमा भारत र स्वदेशबाट जिल्ला फर्किनेको संख्या निकै कम भएकोले पनि क्वारेन्टिन रित्तिदै गएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले कर्णाली प्राविधिक शिक्षालय,जुम्ला बहुमुखि क्याम्पस, निर्माण व्यवसायी संघको भवन, दुर्गा माबि लाम्रा र सरस्वती माबि कुडारीमा एकीकृत क्वारेन्टिन निर्माण गरेको थियो ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा ५ जना क्वारेन्टिनमा छन् । हिमा गाउँपालिकामा ४ जना, गुठिचौरमा ६ जना, तिलामा ११ जना,ताता्ेपानीमा ३९ जना र सिँजा गाउँपालिकामा २५ जना क्वारेन्टिनमा बसेका छन् । पातारासी गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा क्वारेन्टिन खाली नै छन् । जुम्लाका ८ स्थानमा स्वास्थ्य सहायता केन्द्र स्थापना गरेर स्वास्थ्य परिक्षण भइरहेको छ । हाल सम्म १२ हजार १ सय २९ जनाको स्वास्थ्य परिक्षण भइसकेको छ । २ हजार ६ सय १७ जना क्वारेन्टिनबाट घर फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोभिड(१९) संक्रमण जोखिम बढ्दै गएकोले सरकारद्वारा जारी आदेशको पुर्ण पालना गर्न आग्रह गरेको छ ।  घर बाहिर निस्कदा, सार्वजनिक रुपमा हिडडुल गर्दा न्युनतम स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार अनिवार्य मास्क प्रयोग गर्ने, कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्दै सेनिटाईजर वा पटक पटक साबुन पानीले हातधुने, बढी भिड्भाड हुने कार्य नगर्न आग्रह गरेको हो । अन्यथा संक्रमण रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम पक्राउ गरि सजायसमेत हुने चेतावनी दिइएको छ ।

प्रकाशित: २३ असार २०७७ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App