१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

६६ जना पत्रकारलाई लेखनवृत्ति

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकारिता क्षेत्रले इतिहासमै सबैभन्दा कठिन आर्थिक संकट झेलिरहेको छ । बढ्दो संक्रमणले महामारी नियन्त्रणमा आउने टुंगो अझै देखिँदैन् ।

महामारीको संक्रमण मत्थर हुन समय लम्बिएसँगै पत्रकारिता क्षेत्रमा आर्थिक संकट लम्बिनेछ । यस्तो परिस्थितिमा पनि सञ्चारकर्मीहरुलाईं संकटको घडीमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ६६ जना पत्रकारलाई लेखनवृत्ति (फेलोसिप) प्रदान गरेको छ। जस अन्तर्गत ४९ जनालाई पारिश्रमिक वितरण गरि सकिएको छ। अब इनरुवा र रामधुनीमा पारिश्रमिक वितरण गर्न बाँकी छ।  

महासंघ जिल्ला शाखाले इटहरीमा २७, धरानमा २२, इनरुवामा १० र रामधुनीमा सात जनालाई लेखनवृत्तिमा प्रदान गरेको हो । जसमा धरान र इटहरीका लेखनवृत्ति पाउनेलाई पारिश्रमिक पनि उपलब्ध गराई सकिएको छ। लेखनवृत्ति सञ्चालन गर्दा सञ्चारकर्मीबाट प्रस्ताव माग गरेर प्रस्ताव स्वीकृत भएपछि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरि प्रत्येकलाई सम्पादकको व्यवस्था गरेर कार्यक्रम सञ्चालन गरिएको थियो ।  

लेखनवृत्तिका लागि इटहरी उपमहानगरपालिकाको दुई लाख ५० हजार, धरानको तीन लाख र इनरुवा नगरपालिकाको एक लाख र रामधुनीको केही कम रकम सहयोगमा फेलोसिप परियोजना सञ्चालन गरिएको हो । नियमित रिपोर्टिङ गर्ने पत्रकारको क्षमता बढाउने र खोजमूलक समाचारका लागि फेलोसिप परियोजना सञ्चालन गरिएको हो । महासंघले विगत तीन वर्षदेखि नियमित रुपमा फेलोसिप परियोजना सञ्चालन गर्दै आएपनि यो वर्ष भने कोरोना महामारीले गर्दा बढी संख्यामा गरिएको हो ।

प्रकाशित: २३ असार २०७७ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App