७ वैशाख २०८१ शुक्रबार
समाज

चोरीका सामानसहित तीन जना पक्राउ

मोरङको पथरीशनिश्चरे बजारमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पथरी बजारमा विभिन्न समयमा मोटरसाइकल र पसल चोरी गर्ने समूहका तीन जनालाई सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पथरीशनिश्चरे–१० का २० वर्षीय निमा तामाङ, बेलबारी–२ का २० वर्षीय पृतिमान भण्डारी र बेलबारी–२ कै २२ वर्षीय अभिषेक कट्टेललाई चोरीको मोटरसाइकलसहित पथरीशनिश्चरे–९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये तामाङले जेठ ३२ पथरी बजारस्थित शान्ति मिनी मार्केटको दुई वटा पसलको सटर फुटाइ जुत्ता, चप्पललगायत अन्य सामान र नगद २५ हजार रुपैयाँ चोरी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

त्यस्तै पथरीकै आतेजुङ राईको घरबाट असार २२ गते राति को ३४ प ६००४ नम्बरको मोटरसाइकलसहित अन्य सामान चोरीमा पक्राउ गरेका तीन जनाको संलग्नता रहेको डिएसपी राईले बताए । पक्राउ परेकालाई थुनामा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २३ असार २०७७ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App