१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेकपा कास्कीका नेता अधिकारीको दुर्घटनामा निधन

दुर्घटनामा परी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता रामचन्द्र अधिकारीको निधन भएको छ। नेकपा कास्की जिल्ला कमिटी सदस्य अधिकारीको मंगलबार ट्याक्टर दुर्घटनामा परी ज्यान गएको हो।  

अधिकारी आफैले चलाएको ट्याक्टर लाहाचोक बाटुलेथरमा आज विहान दुर्घटना भएको थियो। उनलाई उपचारको लागि मनिपाल अस्पताल ल्याइएको थियो। प्रहरीका अनुसार खेत जोतेर उनी फर्कदै थिए। ग १ च २२८३ नम्बरको ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको थियो। अधिकारी विभिन्न सामाजिक सेवामा समेत संलग्न थिए।  

 

 

प्रकाशित: २३ असार २०७७ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App