coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

११ वर्षपछि समातिए शिक्षक हत्याका अभियुक्त तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर

पक्राउ परेका तत्कालिन जनमुक्ति मोर्चाका सैन्य कमाण्डर तिलक भन्ने नन्दु बैठा।

शिक्षकको हत्या अभियोग लागेका तराई मुक्ति मोर्चाका तत्कालिन सैन्य कमाण्डरलाई बारा प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फेटाका तत्कालिन शिक्षक प्रदीप कुमार तिम्लसीनाको हत्या आरोपमा फरार रहेका कलैया उपमहानगरपालिका १८ बस्ने तिलक भन्ने नन्दु बैठालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।  

बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले २०६६/१/२७ गते विद्यालयबाट पढाएर कलैया फर्किने क्रममा बैठाले नेतृत्व गरेको टोलीले शिक्षक तिम्लसीनालाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  

तत्कालिन तराई जनमुक्ति मोर्चाका कमाण्डर समेत रहेका बैठाले शिक्षकको हत्या गरेको सार्वजनिक भएपछि प्रहरीसँग लुकीछिपी कहिले भारत र कहिले नेपालमा बस्दै आएका थिए।  

सोमबार विहान १० बजेको समयमा बैठा घरमै रहेको सुराकी आएपछि उनी बसेको ठाउँलाई घेराहाली प्रहरीले नियन्त्रणमा लिन सफल भएको पंगेनीले बताए।  

शिक्षकको हत्या आरोपमा महागढीमाई नगरपालिका ३ गंजभवानीपुर बस्ने सुनिल जैसवाल अग्नि, फेटा गाउँपालिका फेटा टोल बस्ने विजय पटेल पक्राउ गरी अदालतमा पेश गर्दा अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: २३ असार २०७७ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App