८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ मा ६ जना नयाँ संक्रमित

प्रदेश १ का  तीन जिल्लामा सोमबार  ६ जनामा कोराना भाइरस संक्रमित भेटिएका छन् ।  

प्रदेश १ सामाजिक विकास मन्त्रालयले झापामा ४, खोटाङ र सुनसरीमा १–१ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।  

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको र संक्रमितमध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालमा उपचाररत १५ जना संक्रमित सोमबार डिस्चार्ज भए । जसमा ११ महिला र ५ पुरुष डिस्चार्ज छन् । प्रदेश १ मा ४ सय ७२ जना कोरोना भाइरसको उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित: २२ असार २०७७ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App