coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सोमबारदेखि बुधबारसम्म यस्ताे छ वर्षाको सम्भावना

फाइल तस्बिर

आज सोमबारदेखि पर्सि बुधबारसम्म देशभर वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भूभागनजिक निम्न चापीय क्षेत्र पनि छ।

जसको प्रभावले आगामी तीन दिनसम्म देशभर वर्षा जारी रहने सम्भावना छ। महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार आज राति प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही स्थानमा र प्रदेश १, २, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश ५,  गण्डकी र बागमती प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

महाशाखाले साेमबार बिहान जारी गरेकाे बुधबारसम्मकाे माैसम अनुमान :

प्रकाशित: २२ असार २०७७ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App