coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जनकपुरमा मास्क नलगाई हिँडडुल गर्ने पक्राउ

जनकपुरमा मास्क नलगाइ हिँडडुल गर्ने एक सय ५० जनाभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला संकट व्यवस्थापन समितीको निर्णय अनुसार सोमबार दिउँसोसम्म एक सय ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

‘सर्वसाधारणलाई पटक–पटक मास्क लगाएर हिड्न आग्रह गरिरहेका छौं । मानिसहरूले मानेको छैनन्। त्यसैले आजदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गरी छाड्ने गरेका छौं,’ धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले भने । जनकपुरका विभिन्न चोकहरूमा सोमबार विहानैदेखि दर्जनौं संख्यामा प्रहरी परिचालन गरि मोटरसाइकल चालक, पैदल यात्री, व्यवसायी तथा रिक्सामा बिना मास्क हिड्ने व्यक्तिहरूलाई मास्क लगाउन प्रहरीले आग्रह गरिरहेको छ भने मास्क नभएका व्यक्तिलाई तत्काललाई पसलबाट किन्न लगाइदैछ ।

मास्क नलगाई हिड्नेलाई पहिले सम्झाई बुझाइ गर्ने र अटेरी गरे पक्राउ गरी जरिवाना गराइएको प्रहरी उपरीक्षक बस्नेतले बताए । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि संक्रमण फैलिने उच्च जोखिम भएको भन्दै आइतबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको संकट व्यवस्थापन समितीले उक्त निर्णय गरेको थियो ।

प्रकाशित: २२ असार २०७७ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App