१५ चैत्र २०८० बिहीबार
समाज

खाली हुँदैछ क्वारेन्टिन

फाइल तस्बिर : नागरिक

सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ। होम क्वारेन्टिनमा बस्ने बढेका छन्। असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन्।

 नौ नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाको स्थानीय तहमा रहेको ८६ वटा क्वारेन्टिनस्थलमा तीन हजार ८०० श्यया छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या घटेपछि ४७ क्वारेन्टिनस्थल पूर्णतया खाली भएका छन्। बाँकी ३९ क्वारेन्टिनमध्ये अधिकांशमा एकदेखि पाँच जना मात्र छन्।हालसम्म क्वारेन्टिनमा बस्नेको सङ्ख्या ४९७ महिला र चार हजार ५६० पुरुष गरी पाँच हजार ५७ पुगेको छ। क्वारेन्टिनमा हालसम्म राखिएकामध्ये ४६५ महिला र चार हजार २८६ पुरुष गरी चार हजार ७५१ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय, सप्तरीका नारायणप्रसाद राउत बरैले जानकारी दिए।  

 जेठ २१ गते क्वारेन्टिनमा बस्नेको सङ्ख्या १३४ महिला र एक हजार ७९० पुरुष गरी एक हजार ९२४ पुगेको थियो। त्यसपछि क्वारेन्टिनमा बस्ने क्रमशः घट्यो। अधिकांशको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएका केहीलाई उपचारका लागि आइसोलेशन केन्द्रमा राखिएकाले क्वारेन्टिनमा बस्ने निरन्तर घट्दै गइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

 असार २१ गतेसम्म होम क्वारेन्टिनमा बस्ने चार हजार १०५ पुगेका छन्। सप्तरीमा सङ्क्रमित सङ्ख्या ३२१ पुगेकोमा १३९ जना घर फर्किएका कोभिड–१९ व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए। हाल २० महिला र १४९ पुरुष आइसोलेशन केन्द्रमा छन्। पछिल्लो पटक थप भएका डाक्नेश्वरी नगरपालिकाका आठ, विष्णुपुर गाउँपालिकाका छ र सप्तकोशी गाउँपालिकाका चार सङ्क्रमितलाई राजविराज ल्याउने तयारी भइरहेको छ।  

सप्तरीमा थप भएका १८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३२१ पुगेको हो। सबै स्थानीय तहमा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ। सप्तरीमा पिसिआर परीक्षणका लागि हालसम्म चार हजार ७९१ जनाको स्वाब सङ्कलन गरिएकामध्ये ३२१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने चार हजार २३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ। स्वाब सङ्कलन गरिएकामध्ये २५२ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २२ असार २०७७ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App