२३ श्रावण २०७७ शुक्रबार
समाज

निराशा र त्रासले मानसिक विचलन

कोभिड–१९ कहर

प्रतिकात्मक तस्बीर

असार १० मा दुबईबाटआफ्नै थातथलो रोल्पा फर्केका ३१ वर्षीय युवकले गत वुधबार आत्महत्या गरे। रामदेव गाउँपालिका ५का अभन सार्की एक्लै होम क्वारेन्टिनमा थिए।स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनमा भारतबाट फर्केर बसेकाहरुले बस्न नदिएपछि अभन हामे क्वारेन्टिनमा थिए। आरडिटी परीक्षणले उनमा कोरोना नेगेटिभ देखाएको थियो।

यस्तै अछामको बयलपाटा अस्पतालकासफाइ कर्मचारी सिद्धार्थ आउजीले जागिर गुमेपछि जेठ २६मा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे।कोहलपुरको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो। उनी कार्यरत अस्पतालले वित्तीय संकट परेको भन्दै सिद्धार्थसहित ३२ जनालाई जागिरबाट निकालेको थियो।

कोरोना संक्रमण महामारी सुरुभएयताका साढे ३ महिनाका यी प्रतिनिधि घटना हुन। यो महाव्याधिका कारण दैनिकजसो हुने मृत्यु, सयौंको संख्यामासंक्रमितको बढोत्तरी, सामाजिक दूरी, आइसोलेसन र मनोवैज्ञानिक तनावका कारण देशमागम्भीर मानसिक स्वास्थ्य संकटको संकेत देखिएको छ।  

सबै जिल्लाका सहरदेखि दुर्गम क्षेत्रसम्म पुगेको यो संक्रमणका कारण आममानिसमा निराशा र डर बढेकोछ। भाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिनमा हालसम्म  आठजनाको मृत्यु भइसकेकोछ।तीमध्ये चारजनाले आत्महत्याको बाटो रोजेका थिए।चैत ११माराष्ट्रव्यापी लकडाउन सुरु भएयता असार १७ गतेसम्ममा१ हजार १ सय ५जनाले आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीसँग छ। यसमा सबैभन्दा बढी प्रदेश ५मा २ सय ५२, प्रदेश १मा १ सय ८६, प्रदेश ३मा १ सय ६२, प्रदेश २मा १ सय ५२, गण्डकी प्रदेशमा १ सय २१, सुदूरपश्चिम प्रदेशमा १ सय १५ जना छन्। यस अवधिमा काठमाडौं उपत्यकामा मात्रै ६९ जनाले आत्महत्या गरे।

मानिसहरु आफ्नो ज्यान आफैंले लिने हदसम्म पुग्न विभिन्न सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण जिम्मेवार हुन्छन्। सन् १८९७मा प्रकाशित आफ्नो पुस्तक ‘सुसाइड’ मा फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले व्यक्तिगतभन्दापनि सामाजिक कारणले मानिसहरु आत्महत्याका लागि उद्यत् हुने उल्लेख गरेका छन्।  

मानसिक स्वास्थ्यका क्षेत्रमा कामगर्ने विज्ञहरु महामारी सुरु भएयता दैनिक आत्महत्या गर्नेको संख्यावृृद्धिभएको बताउँछन्।‘त्यसअघि दिनहुँ १६ जनाको हाराहारीमा नेपालमा आत्महत्या हुने गरेकोमा अहिलेबढेर १७ भन्दा माथि पुगेकोछ,’ मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ नेपाल)का चिकित्सा मनोविद्भरत गौतम भन्छन्।उनी थप्छन, ‘पछिल्ला अध्ययनहरुले नेपालको २० प्रतिशत जनसंख्यामा बैचैनी, डर, निराशाजस्ता कुनैनकुनै प्रकारका मनोसामाजिक समस्या रहेको देखाएकाछन्।’

सन् २०१८ सेप्टेम्बरमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले ८ दशमलव ७ प्रतिशत युवा र १० दशमलव ९ प्रतिशत पौढमा आफ्नो ज्यान आफैंले लिने सोच हुने गरेको देखाएको थियो। साढे २ वर्षअघि गरिएको सो सर्वेक्षणले नेपालमा १२ दशमलव ९ प्रतिशत जनसख्यामा कुनै न कुनै प्रकारको मानसिक असन्तुलन रहेको देखाएको थियो।  

मानसिक स्वास्थ्यका क्षेत्रमा कामगर्ने जनशक्तिको पनि नेपालमा टड्कारो अभाव छ। नेपालमा १ सय ८०को हाराहारीमा मनोचिकित्सक, ३५ चिकित्सा मनोविद् र एक हजारको हाराहारीमा मनोसामाजिक परामर्शदाता छन्। अधिकांश यो जनशक्ति सहरी क्षेत्रमा सीमित छ।

आफ्नो ज्यान आफैं लिने हदसम्म किन पुग्छन् मानिस

मानिसहरु आफ्नो ज्यान आफैंले लिने हदसम्म पुग्न विभिन्न सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण जिम्मेवार हुन्छन्। सन् १८९७मा प्रकाशित आफ्नो पुस्तक ‘सुसाइड’ मा फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले व्यक्तिगतभन्दापनि सामाजिक कारणले मानिसहरु आत्महत्याका लागि उद्यत् हुने उल्लेख गरेका छन्। दुर्खिमपछि सिग्मन्ड फ्रायड, रोय वाओमेस्टर, एडविन स्नाइडम्यान, थोमस जोयनर, आरोन वेक तथा मार्सा लिनेहानले आत्महत्याको मनोवैज्ञानिक अनुसन्धानमा  थप योगदान गरेकाछन्। तर यो जटिल विषय र व्यवहारलाई बुझ्न र समाधान गर्न एउटा सिद्धान्त यथेष्ट छैन, चाहे त्यो सिद्धान्त समाजशास्त्र, मनोविज्ञान, औषधिविज्ञान अथवा अन्य विज्ञानसँग सम्बन्धित किन नहोस्।

समाजशास्त्री चैतन्य मिश्र कोभिड १९महामारी सुरु भएपछि आत्महत्याको जोखिम थप बढेको बताउँछन्। उनी थप्छन्, ‘महामारीका कारण व्यवसायहरु ठप्प छन्।मानिसले आयआर्जन र रोजगारी गुमाएका छन्।उनीहरु सामाजिक रुपमा आइसोलेटेड छन्। उपचार एवं परामर्शसेवा आवश्यक भएकाहरु त्यस्तो सेवाबाट वञ्चित छन्। यसमा राज्यको ध्यान जान सकेकोछैन। ’

‘आत्महत्या एक झनक हो,’ त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमासञ्चालित हेल्पलाइनमा कार्यरत उपप्राध्यापक डा. सगुनवल्लभ पन्त भन्छन्। उनी मानिसहरु आफ्ना क्षणिक एवं समाधान गर्न सकिने समस्यासँग जुध्नुको साटो आत्महत्यालाई स्थायी समाधान भन्ठान्दा आत्महत्याको दर बढेको तर्क गर्छन्।उनी आत्महत्याजस्तो संवेदनशील विषयमा सञ्चारमाध्यममा समाचार लेख्दा पनि संवेदनशील हुनुपर्ने ठान्छन्।‘सञ्चार माध्यमले सेलिब्रेटीले गरेको आत्महत्यालाई बढाईचढाई प्रस्तुत गर्दा  जोखिममा रहेका मानिसलाई झन् दुरुत्साहन हुनेगर्छ,’ उनी भन्छन्।

धार्मिक नेताहरु आफ्नो ज्यान आफैंले लिनु घोर पाप भएको र त्यसो गर्नेहरु मृत्युपछि अगतिमा पर्ने बताउँछन्।‘यो धर्मविरुद्धको कार्य हो र महापाप हो।आत्महत्या गर्नेहरु नर्क जान्छन्’, राष्ट्रिय धर्मसभाका अध्यक्ष डा. माधव भट्टराई भन्छन्। आत्महत्या गर्नेको पुनर्जन्म पनि नसुध्रिर्नतर्क गर्दैउनी थप्छन्, ‘धर्मशास्त्रले यस्ता व्यक्तिको काजकिरिया र जुठोसमेत बार्न नपर्ने भनेकोछ।’

बज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान बज्राचार्य भन्छन्, ‘यो प्रकृतिको नियमविरुद्ध हो। संसारका सबै समस्याको समाधान हुन्छ। जीवनका चुनौतीलाई स्वीकार गर्नुपर्छ र सामना गर्नुपर्छ । यस्ता चुनौतीहरु अस्थायी हुन्छन्।’ उनले लकडाउनका बेला तीन सयभन्दा बढीलाई उपचार तथा परामर्शसेवा उपलब्ध गराएको बताए।  

उपचार के त  ?

समाजशास्त्री दुर्खिमका अनुसार कुनै पनि व्यक्ति जति सामाजिक रुपमा जोडिएको र एकीकृत भएको हुन्छ ऊ त्यतिनै आत्महत्याबाट टाढा रहेको हुन्छ। सामाजिक एकीकरण घट्दा त्यो जोखिम बढ्छ। ‘समाजसँगको एकाकार भावले व्यक्तिको समाजप्रतिको अपनत्व बढ्छ र उसले निश्चित सामाजिक पृष्ठभूमिमा जीवनको अर्थ पाउनेहुन्छ’, आजभन्दा १ सय २३ वर्षअघि प्रकाशन भएको किताबमा दुर्खिमले लेखेका छन्। उनको अध्ययनले एकलभन्दा विवाहित र यौन सम्बन्धमा रहेकाहरुमा  आत्महत्याको दर कम हुने, महिलामा भन्दा पुरुषमा यो दर बढी हुने, बच्चाबच्ची भएकाभन्दा नभएकाहरुमा यो दर बढी हुने देखाएको थियो। त्यस्तै यो दर धार्मिक हिसाबले क्याथोलिक तथा यहुदीभन्दा प्राटेस्टेन्टहरुमा बढी रहेको उनको निष्कर्ष थियो।

‘व्यक्तिको सामाजिक जुडाव अत्यन्त महत्वपूर्ण कुरा हो,’समाजशास्त्रका प्राध्यापक मिश्र भन्छन्, आत्महत्या रोक्न परिवार र साथीभाइको भूमिका महत्वपूर्ण हुन्छ। पेसागत सम्बन्ध र भगवानको डर पनि उत्तिकै महत्वपूर्ण हुन्छ’, मिश्रथप्छन्, ‘सबैभन्दा महत्वपूर्ण, आफ्ना कुरा तथा भावना अरुसँग साटासाट गर्दाआत्महत्याको मनोभाव घट्छ।’

काठमाडौंको करुणा अस्पतालका मनोचिकित्सक डा. कमल गौतम स्वास्थ्य सेवा प्रणालीसँग मानसिक स्वास्थ्यलाई जोड्नैपर्ने बताउँछन्। ‘स्थानीय स्वास्थ्यकेन्द्रदेखि माथिल्लो तहका स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई मानसिक स्वास्थ्यका बारेमा निरन्तरयथेष्ट प्रशिक्षण दिन आवश्यक छ, जसले सामाजिक जोखिमको मूल्यांकन तथा पहिचान र  जोखिममा रहेका वर्गको पहिचान गर्न सहयोग पु¥याउँछ’, उनी थप्छन्,‘समुदाय स्तरमा जनचेतना बढाउन पनि उत्तिकै आवश्यकता छ।’

विज्ञहरु आत्महत्या बहुविषय एवं बहुनिकायसँग जोडिएको हुँदा यसलाई न्यूनीकरण गर्न सबैपक्षको समन्वय तथा सहकार्य आवश्यक रहेको ठान्छन्।त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालका डा. पन्त आत्महत्या जनस्वास्थ्यको समस्या हो भनेर स्वीकार गर्नुपर्ने बताउँछन्।मानसिक स्वास्थ्यका समस्या दिनानुदिन बढ्दो क्रममा छन्’, उनी भन्छन्, ‘मानसिक स्वास्थ्य र आत्महत्याका विषयलाई सम्बोधन गर्न तत्काल एउटा राष्ट्रिय रणनीति बनाउन आवश्यक छ।’

पछिल्ला वर्षहरुमा मानसिक तथा आत्महत्याको समस्यालाई सम्बोधन गर्न केही प्राज्ञिक र गैरसरकारी संस्थाले हेल्पलाइनसञ्चालन गरेर सम्भावित जोखिम न्यूनीकरणमा महत्पपूर्ण भूमिका खेलेको बताउँदै डा. पन्त थप्छन्, ‘सरकारी तबरमा एउटा केन्द्रीय मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम हेल्पलाइन स्थापना गर्न आवश्यक छ।’

प्रकाशित: २२ असार २०७७ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App