४ वैशाख २०८१ मंगलबार
समाज

रुपन्देहीका दुई जनाको मृत्यु

रुपन्देहीमा छुटाछुट्टै घटनामा परि दुई जनाको मृत्यु भएको छ । आईतबार रुपन्देही तिलोत्तमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि तिलोत्तमा नगरपालिका–१४ बागधुरा बस्ने २५ वर्षीय बलिराम चौधरी मृत्यु भएको छ ।  

रुपन्देही तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढस्थित भित्री सडक खण्डमा लु ५९ प ४७२३ नम्बरको मोटरसाइकल र लु ३ प ७६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपि खडकबहादुर खत्रीले बताए । दुर्घटनामा परि घाइते भएका चौधरीको क्रिमसन अस्पताल मणिग्राम उपचारको मृत्यु भएको थियो ।  

घटनामा सोही ठाउँका २१ वर्षीय बलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । यसैगरि सैनामैना नगरपालिका वडा नं ११ मसुरीभाटामा एक पुरुष मृत भेटिएका छन् । कञ्चन गाउँपालिका–१ बस्ने २६ वर्षका कुलबहादुर कुवर आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 

प्रकाशित: २१ असार २०७७ १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App