८ वैशाख २०८१ शनिबार
समाज

जुम्लाका स्थानीय तहले शव वहान र दाहसंस्कार स्थल तोक्दै

जुम्लाका एक नगरपालिका सहित ८ वटा स्थानीय तहले कोराना संक्रमितको संख्या बढ्दै गइरहेको बेला शव वहान तयारी अवस्थामा राख्दै  दाहसंस्कार स्थल तोक्ने भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै स्थानीय तहलाई शव वहानको व्यवस्था गर्न र दाहसंस्कार स्थल तोक्न निर्देशन गरेको थियो। कोरोना भाइरसका कारण मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्नका लागि प्रत्येक स्थानीय तहले तत्कालिन शव बहानका लागि एक/एक ट्याक्टर भाडामा लिने भएका छन्।  दाहसंस्कार गर्ने स्थान पनि एक हप्ता भित्रै तोकेर विपद व्यवस्थापन  समितिलाई पठाउने भएका हुन्।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले शव व्यवस्थापन गर्न शव वहान, दाहसंस्कार स्थान, सवारी साधन नम्बर र चालकको सम्र्पक नम्बरसहित जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराउन निर्देशन गरिएको बताए। अहिले कोराना भाइरस दैनिक दिन फैलिइरहेकोले सबै व्यवस्थापन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी थापा बताउँछन्।

विपद समितिको बैठकले पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ को मस्यौदा निर्माण गर्न सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाको संत्योजकत्वमा कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ। कार्यदलमा विषयगत कार्यालय, सुरक्षा निकाय, विपद् सम्वन्धी काम गर्ने गैरसकारी संस्थाका प्रतिनिधि रहने पनि व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

जिल्लाभर बनाएको क्वारेन्टिन स्थलका रुपमा रहेका विद्यालयको निर्मलीकरण गर्न स्थानीय तहसँग गैरसरकारी संस्थाले समन्वय र सहकार्य गर्ने र लकडाउन अवधिमा भित्रिएका व्यक्तिहरुको प्रत्येक स्थानीय तहले अभिलेख तयार गरी जिल्ला विपद् व्यवस्थापन समितिमा साउन पहिलो साताभित्र पेश गर्ने निर्णय भएको हो।

संभावित विपद्को घटनाबाट हुन सक्ने घाइतेको उपचार गर्नका लागि प्रत्येक स्थानीय तहले आवश्यक जनशक्ति सहितको स्वास्थ्य संस्था तोक्ने, जटिल प्रकृतिको उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोग लिने निर्णय भएको हो। विपद् प्रभावितलाई उद्धार गरी राख्नको लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माणलाई समेत सहयोग पुग्ने गरी स्थानीय तहले खुला क्षेत्रको पहिचान गरी समितिलाई जानकारी गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।

मनसुन जन्य विपद् र कोरोना संक्रमण रोकथाम नियन्त्रण, उपचार, प्रतिकार्य एकीकृत विषयमा स्थानीय तहले सञ्चार माध्यमबाट सुसुचित गराउने, बाढी पहिरो आगलागी जस्ता विपद्का घटना घट्ने वित्तिकै तत्काल उद्दार, राहत र पुनस्र्थापना कार्यमा खटिने सुरक्षाकर्मी सहितका जनशक्ति, स्रोत साधनको तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहने विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो।विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को व्यवस्था अनुसार स्थानीय तहले विपद् पूर्वतयारी र पूर्वकार्य योजनाका लागि वडास्तरसम्म समिति गठन गर्ने पनि निर्णय भएको छ।

प्रकाशित: २१ असार २०७७ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App